काठमाडौं,

भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् ।२१ जनावरी १९८६ मा पटना ईन्डियामा जन्मिएका शुसान्त सिंह राजपुत जुन १४ २०२०मा फ्नै घरमा फासि लगाएकाे अवस्थामा भेटिएका छन।
३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने पूर्ण विवरण आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।”पवित्र रिस्ता ,किस् देश मे है मेरा दिल ,जरा नाच्के देखा जस्ता टेलि शिरियल सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा छिचौरे प्रदर्शनमा आएको थियो । श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको मानिएको थियो ।
सुशान्तको रीया कपुरसँग प्रेम सम्बन्ध रहेको बताइएको थियो । केही पापराजीहरुले उनीहरु शहरमा घुम्दै गरेका बेला फोटो समेत लिएका थिए । टीभी शोबाट निकै चर्चामा आएका उनी सिनेमामा फड्किएका थिए ।उनले डेब्यू गरेको सिनेमा कई पो चे थियो । उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो । पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।शुसान्त ६ महिना अघि देखि डिप्रेसनकाे सिकारमा रहेका थिए ।
।