काभ्रेपलाञ्चाेक जिल्ला दक्षिण भेगमा पर्ने बेथानचाेक गाउपालिका वडा नं २ बस्ने ,गितसंगितलाई माया गर्ने ,कलाकारिता क्षेत्रमा रुचि भएका ,म्युजिक भिडियाे ,टेलिसिरियलमा अभिनय गरिसकेका वाईपी घिमिरेसंगकाे कुराकानी:-

राजेश तिमल्सिना
दिन कसरी वित्दै छ ?
:गाउपालिकाकाे जागिरे दिनभरी अफिस जान्छु ।फुर्सदकाे समय टिकटकमा अाफ्नाे प्रतिभा देखाउछु ,गितसंगित सुन्ने गरेकाे छु र डायरीमा साहित्यिक लेख रचना काेर्ने गरेकाे छु ।
नयाँ भाकाकाे गित सार्वजनिक गर्नु भएकाे छ कस्ताे प्रतिक्रिया अाएकाे छ ?
:-म एकदम हर्सित छु ।दर्शककाे प्रतिक्रियाले मलाई थप हाैसला प्रदान गरेकाे छ ।अागमी दिनमा अन्य गित सिर्जना गर्न प्रेरित गराउनु भएकाे छ ।गित सुन्ना साथ मुखमा गुन्जने गरेकाे राम्राे गित छ भन्ने प्रतिक्रियाले म मा थप उर्जा बढेकाे छ।
पहिले देखि गित संगितलाई माया गर्ने व्यक्ति तपाईं ,अाज अाफैले गित रेकर्डिङ गर्ने जमर्काे गर्नु भयाे ,कस्ताे खाले अनुभव भयाे ?

:- विभिन्न कार्यक्रममा लाईभ दाेहाेरी गाउन जस्ताे सजिलाे नहुने रहेछ ।हामिले बाहिर गाउदा सुर ताल नमिले पनि फरक नपर्ने तर रेकर्डिङ स्टुडियाेमा लिप्सिङ टाईमिङ म्युजिक ,लिरिक्स सबैलाई ख्याल गर्नु पर्ने ,एउटै गित रेकर्डिङ गर्न दिनभर जस्ताे लाग्ने रहेछ ।भन्न सजिलाे गर्न गार्हो हुन्छ भन्थ्ये वास्तवमा हाे रहेछ ।गायक बन्न त्यति सजिलाे नहुदाे रहेछ ,”प्राक्टिस मेक अ म्यान पर्फेक्ट ” भन्ने भनाई झै हामीले गितसंगितकाे लागि स्वर खार्न जरूरी रहेछ ।
कार्यक्रमहरूकाे अनुभव पनि त हाेला नी?
:-विभिन्न कार्यक्रमहरूमा काठे (लाेकदाेहारी )भाकामा दाेहाेरी घम्साघम्सि हुन्थ्यो ।तिजका कार्यक्रम ,विवाह समराेहमा पनि गित गाउने गरियाे । म एउटा कमेडि कलाकार पनि हाे ,विभिन्न संघसंस्थाका कार्यक्रममा अाफ्ना प्रस्तुती राख्ने गरेकाे छु ।बेथानचाेक अालु महत्सव र महाङकालस्थान तिज कार्यक्रमकाे लाेकदाेहारी प्रतियाेगितामा प्रथम पुरस्कार पनि जित्न सफल भए ।एविसि टेलिभिजनबाट प्रसारण हुने कुष्ण कडेलकाे ईन्द्रेणी कार्यक्रममा कृष्ण बजगाई र भुमिकासंग “हुक्का चिलिमले” बाेलकाे गितमा दाेहाेरी गाउने अवसर मिलेकाे थियाे ।अाफ्नै अावाजमा सजित २ वटा गित गाईसके ।अन्य म्युजिक भिडियाे ,सिरियलमा पनि देखिएकाे छु ।
तपाईं हसिलाे हुनुहुन्छ ,मायाप्रेममा अाधारित गित सिर्जना गर्नुभएकाे छ ,यसकाे कारण के हाेला ?
:- पक्कै पनि माया विना केहि सम्भव नहुने रहेछ ।मेराे भखरै बजारमा अाउन लागेकाे “झम्केफुली लाईदिन्थ्ये नाकैमा “बाेलकाे गितमा माया प्रेमकाे यथार्थतालाई वर्णन गरेकाे छु । मायाबाट नै सृष्टि चलेकाे हाे माया विना हामी सबैकाे जीवन अपुराे हुन्छ ।प्रेमि प्रेमिकाकाे माया याे गितमा समाबेश छ तर मायाकाे भावना परिवारले छाेराछाेरिलाई , र अाफन्त जाे काेहिमा पनि गर्न सकिन्छ प्रत्यक्ष वा अप्रत्यक्ष जस्ताे भएपनि सबैमा मायाकाे तात्पर्यता झल्किएकाे हुन्छ ।दर्शककाे माग अनुरूप माया प्रेमकाे भाकामा गित गाउन रूचाउछु ।

तपाईलाई मन पर्ने लाेक दाेहाेरी गायक गायिकाकाे नाम लिनु पर्दा कस्काे लिनुहुन्छ?
:-सबै गायक गायिका उत्तिकै अव्वल हुनुहुन्छ । लाेकदाेहारी गायम गायिका सबै एकसय एक हुनुहुन्छ याे पाटाे अन्य गितसंगित भन्दा फरक छ ,दाेहारि गाउनेले शब्द सिर्जना धेरै गर्नु पर्ने हुन्छ ।अझ लाईफ दाेहाेरी गाउदा शब्दकाे सिर्जना तुरून्त गर्नुपर्ने हुन्छ ।लाेकदाेहारीका गायक गायिकाकाे नाम लिदा सबैकाे लिनुपर्ने पर्ने हुन्छ ।सबै समान हुनुहुन्छ सबैकाे नाम यहाँ लिन सम्भव हुदैन सबैलाई एकमुटमा सम्झन्छु।
जिन्दगी के हाे जस्ताे लाग्छ ?
:-मिठाे अनुभव भन्दा पनि तिताे अनुभव धेरै बटुलेकाे छु । “भरिएकाे खल्ती सबैतिर चल्ती ,खाली खल्ती जे गरे पनि गल्ती ” याे दुनिया सबै यस्तै रहेछ ।जिन्दगी घुमाउराे चक्र हाे घुमिरहन्छ ।सबैले अाफ्नाे गन्तवय तय गरेका हुन्छन ,गन्तव्यमा लम्कदा खुट्टा तान्नेकाे कमि हुन्न डटेर अघि बढ्नु पर्ने हुन्छ । घमण्ड गरेर जित्ननु भन्दा ईमान्दारी भएर हार्नु नै ठीक हुन्छ किनभने घमण्डी खसेपछि उठ्नै सक्दैन ईमानदारी उठेपछि खस्दै खस्दैन
माया प्रेम भनेकाे के हाेला ?
:-मायामा सधै स्वार्थ जोडिएको हुन्छ।जसलाई माया गरिन्छ,उ
बाट सधै केइ पाउने आस हुन्छ।जो बाट केहि पाउने आस
हुन्न उसलाई माया गरिन्न।मौसमी नाता संबन्धमै रमाउनेलाई
कोहि जिवनमा आउनु र जानुले केही फरक पार्दैन,अक्सर उनिहरु कोहि साथ हुन्जेलआफ्नो फाइदा बेफाइदाको हिसाब गर्छन्।
भावि याेजना के छ ?
:-गितसंगित क्षेत्रमा अाफ्नाे क्षमता अविवृद्धि गरेर अाफ्नाे गाउठाउलाई चिरपरिचित बनाउने ।

अन्त्यमा ?
सर्वप्रथम मेराे मनकाे भावना राख्ने अवसर प्रदान गर्नु भएकाेमा खबर न्युज नेपाललाई र राजेश तिमल्सिनालाई धन्यवाद व्यक्त गर्दछु ।दर्शक तथा स्राेताले मेराे प्रस्तुती निरन्तर हेरेर साथ दिनुहुने छ ।काेराेनाकाे प्रकाेप दिनानु दिन बढ्दाे छ सबै सुरक्षित बस्नुहाेला ।मान्छे सधै कमेडी हुनुपर्छ सिरेश त अा.सि.युकाे विरामी मात्र हुन्छ ।अाफु बाचाै अरूलाई पनि बचाउ । बेथानचाेक नारायणले सबैकाे कल्याण गरून् ।