भक्तपुरमा चाेरी भएकाे माेटरसाईकल काभ्रेमा भेटियाे ,सम्वन्धीत धनीलाई हस्तान्तरण

  •   काभ्रे
  •   १४ जेष्ठ २०७९, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

जिल्ला प्रहरी कार्यालय काभ्रेले चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण” गरेकाे छ ।

भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ०१ का मोटरसाईकल धनी अनिष हयाजु घर अगाडी पार्किङ्ग गरी राखेको बा ९३ प ४९८८ नम्बरको मोटरसाईकल जेठ ११ गते राति चोरी भएको थियो ।

मोटरसाईकल चोरीभएपछि खोजतलास गरी पाउँ भनि मोटरसाईकल धनी हयाजु ले निवेदन पेश गरेकोमा उक्त नम्बरको मोटरसाईकल खोजतलास गर्ने गराउने क्रममा जेठ १२(बिहिबार) राती काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १४ साँगा स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी चेकजाँचमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले फेला पारेको थियो ।

सवारी साधानहरु चेक जाँच गर्ने क्रममा प्रहरीको चेकिङ्ग टोलीलाई देखि मोटरसाईकल छाडी भागेकोमा उक्त मोटरसाईकल प्रहरी कार्यालयमा ल्याई सुरक्षित राखी मोटरसाईकल धनीको खोजतलास गर्दै मोटरसाईकल धनी आवश्यक कागजातहरु सहित उपस्थित भएका मोटरसाईकल धनीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *