
ब्लड क्यान्सर १० वर्षिया विश्वासलाई बेथानचाेक समाज काेरियाले १लाख ४६ हजार ६ सय ९ सहयाेग


बेथानचोक समाज,कोरियाको तर्फबाट सुदर्शन तिमल्सिना तथा कुबेर ढकाल को संयोजकत्वमा ब्लड क्यान्सर भई कान्ति बाल अस्पतालमा उपचाररत बेथानचोक गाउपालिका वडा नं ३,काभ्रे निवासी १० बर्षिय विश्वास तामाङको उपचारको लागि “विश्वास बचाँउ अभियान” बाट सङ्कलित १३,६५,००० कोरियन वन(१,४६,६०९ रुपैयाँ ) माघ ३ गते पुर्व उद्योग राज्य मन्त्री एवं सांसद कन्चनचन्द्र बादे,नेपाली काङ्ग्रेस काभ्रे जिल्ला सदस्य रामहरी शर्मा तिमल्सिना,बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना,बेथानचोक वडा नं ३ अध्यक्ष दिल बहादुर श्रेष्ठ लगायत अन्य स्थानीय बुद्धिजीवीहरुको उपस्थितिमा बेथानचोक गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रम का बिच हस्तान्तरण गरिएको छ।
याे पनि पढ्नुहाेला :-
यस विश्वास तामाङ बचाउ अभियानमा साथ दिने र सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै बिरामीको शिघ्र स्वास्थलाभको कामना गर्दछौं।
बेथानचाेक समाज काेरिया
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न