काठमाडौं असाेज१४ गतेहथथ
महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी अपिलराज बोहोराकाे टोलिले ठगीको अनौठो सूचनाका आधारमा छापा मारिर ब्रोईलर कुखुराका चल्लालाई रंग लगाएर लोकल कुखुरा भनेर बेच्ने गिरोहका ३ महिलासहित एक पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षकका अनुसार चितवनबाट ल्याइएका कुखुराका चल्लालाई कृत्रिम रंग दलेर लोकल कुखुरा भन्दै महँगो भाउमा बेचिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंका विभिन्न पोल्ट्री सप्लायर्समा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट प्रयोग भइसकेका दर्जनौं मेहन्दीका खोल र प्रयोग गर्न राखिएका केही प्याकेट मेहेन्दीका खोल समेत बरामद गरेको छ । प्रहरीका अनुसार दस रुपैया प्रतिगोटामा किनेको चल्लालाई रंग लगाएपछि ६० देखि डेढ सय रुपैयाँसम्ममा बेच्दै आएका थिए । रंग लगाएर बेच्न ठिक्क पारिएका ३६ सय ५० चल्ला, रंग लगाउन तयारी अवस्थामा राखिएका २४ हजार ९ सय ५० चल्लासहित ३ महिला र एक पुरुषलाई कलंकीबाट पक्राउ गरेको हो ।
कलंकीस्थित प्रेमसिला देवीको फार्ममा रहेको अन्दाजी १० हजार चल्लामध्ये १५ सय चल्ला र वकिल खानको सप्लायर्समा रहेको ५ हजार चल्ला मध्ये ३ सय चल्ला रंग लगाएको अवस्थामा फेला पारेको हो । त्यस्तै सुमित्रा जैसवालको ४५ सय चल्लामध्ये १ सय ५० रंग परिवर्तन गरिएको र चन्दा देवी साहको २ हजार चल्लामध्ये ५ सय चल्लाको रंग परिवर्तन गर्ने तयारी गरिएको अवस्थामा बरामद गरिएको हो । त्यस्तै प्रहरीले पुरा नाम नखुलिसकेको तर गुन्जा भनिने व्यक्तीको साथबाट रंग परिवर्तन गरिएका १७ सय चल्ला पनि बरामद गरेको छ ।
- BREKING NEWS
- TRENDING NEWS
- Uncategorized
- अन्तरवार्ता
- अन्तराष्ट्रिय
- अपराध्
- अर्थ
- खेलकुद्
- ब्लग
- मनोरन्जन्
- मुख्य
- राजनिती
- राशिफल्
- समाचार
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न