
महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा आज काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरमा प्रमुख अशोक सिंहका अनुसार खातामा रकम नभएको चेक दिएपछि महानगरीय प्रहरी वृत्त कमलपोखरीमा दुगडविरुद्व जाहेरी परेको थियो । बिष्णुमान श्रेष्ठले उनीविरूद्व १९ माघमा दिएको जाहेरी ३ फागुनमा दर्ता भएको थियो ।
कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक समेत रहेका उनी कालिमाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको अशोक सिंहले बताए ।
उनलाई पक्रन २६ फागुनमा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो । पाँच लाख ३७ हजार बिगो बराबरको कसुरमा उनी मोस्ट वान्टेड थिए ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा