बेथानचोक गाउँपालिका ढुंखर्कमा रहेको क्वारेन्टाइनमा एक युवतीले गरिन आत्महत्या

  •   काभ्रे
  •   २४ श्रावण २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे श्रावण २३गते

काभ्रेको बेथानचोक गाउँपालिका ढुंखर्कमा रहेको क्वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेपछि ढुंखर्क तनावग्रत बनेको छ ।

बेथानचोक गाउँपालिका वडा न. ४, चलाल घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा  बसिरहेकी २१ वर्षिया युवती श्रावण २३ गते अन्दाजि दिउसाे २ बजे  झुण्डिएकाे अवस्था फेला परेकी हुन

क्वारेन्टाइनमा आत्महत्या गरेकी युवती श्रावण १७ गते दुबईबाट नेपाल आएपछि उनलाई क्वारेन्टिनमा राखिएको थियो ।

उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको भन्दै स्वास्थ्य चौकीमा आक्रमण गरेका छन् ।

आफन्तहरुले बेथानचोक वडा नं. २ को बर्थिङ सेन्टरमा रहेको क्वारेन्टिन भवन लगायत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि हातपात गर्दै ढुंगामुढा गरेका छन् ।

आक्रमण नरोकिएपछि जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारविक्रम थापा, इलाका प्रहरी बनेपाका प्रहरी निरीक्षक योगन्द्र तिमल्सिनाको नेतृत्वमा  इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको दिए । टोली घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको छ । मृतकका आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन ।अात्महत्या  विषयमा प्रहरीले थप  अनुसन्धान अघि    बताएका छन् ।

मृतककाे लास पाेष्टमार्टमकाे लागि जिल्लाकाे  सदरमुकाम लगिएकाे छ ।क्वारेन्टाइनमा अात्महत्या गरेकाेले स्वाव संकलन गरि काेराेना  पिसिअार जाच गरिने बताएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *