

काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले अनुमानित ५२ करोड ५१ लाख बराबरको बजेट नवाै गाउँ सभामा पेश गरेकाे छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ५२ करोड ५१ लाख ४२ हजार ५१५ रुपैयाँको बजेट ल्याएको हो।
बेथानचाेकका ६ वटा वडागत अनुमानीत व्याय सिमा ५ कराेड रहेकाे छ भने शाखागत अनुमानित व्यय सिमा ५ कराेड ५५ लाख बराबर रहेकाे छ।
गाउँपालिकाले आन्तरीक स्रोतबाट ११ करोड ,संघिय समिकरणमार्फत ८ करोड ३४ लाख, संघिय राजस्व बाँडफाँडमार्फत ५ करोड ९७ लाख १० हजार, संघिय राजस्व सशर्त मार्फत १८ करोड ३६ लाख आम्दानी हुने अनुमान गरेको छ ।

त्यस्तै प्रदेश समपुरक अन्तर्गत २ कराेड ९९ लाख ५५ हजार रहेकाे छ भने प्रदेश राजस्व वांडफाड अन्तर्गत १ कराेड ४३ लाख ८० हजार ५ सय १५ रहेकाे छ भने प्रदेश सर्शतमा १ कराेड ४७ लनख २२ हजार ,प्रदेश समानिकरणमा ६६ लाख ७५ हजार ,अल्या (अघिल्लो वर्षकाे ल्याएकाे ) २ कराेड बराबरकाे बार्षिक बजेट अनुमान गरिएकाे बेथानचाेक गाउपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनु भयाे ।
बेथानगाउपालिका प्रमुख प्रेम बहादुर तिमल्सिनाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको नवौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष सरीता लामिछानेले अनुमानीत र विनियोजित बजेट प्रस्तुत गरेकी हुन् ।
उक्त कार्यक्रममा गाउसभाका सदस्य ,शिक्षक ,पत्रकार ,सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतकाे उपस्थिती रहेकाे थियाे ।