काभ्रे (बेथानचोक) –

काभ्रेपलाञ्चाेक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ३ मा शुक्रबार एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ ।

काभ्रेपलाञ्चाेक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ३ का ३४ वर्षीय राजकुमार श्रेष्ठको लड्कु खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सनाले बताए ।
,श्रेष्ठ बिहान १० बजे घरबाट बत्ति बनाउन निस्किएका थिए ।साँझ ४ बजे बादर लखेट्ने क्रममा अाफ्नाे बाबु शेर बहादुर श्रेष्ठले खाेलामा मृत देखेपछि छिमेकीलाई खबर गरेका थिए ।

स्थानियले ढुंखर्क प्रहरी चाैकी ईन्चार्ज हित बहादुर कटवाललाई जानकारी गराएका थिए ।घटनाका विषयमा थप अनुसन्धानको लागि मृत शवलाई पोेष्टमार्टमका लागि शिर मेमोरियल अस्पताल लगिएको प्रहरी प्रमुख याेगेन्द्र तिमिल्सनाले जानकारी दिए ।
याे पनि पढ्नुस:-
काभ्रे बेथानचोक२ मा आज शुक्रबार बिहान ६ बजे बाटाेमा हिड्दै गर्दा एक व्यक्तिकाे निधन भएकाे छ ।कृष्ण बहादुर तिमल्सिना (बाह्र बजे )नामले चिनिने व्यक्ति हिड्दा हिड्दै मृत्यु भएकाे र सबलाई पाेष्टमार्टम गर्न बनेपा पठाएकाे प्रहरीले जानकारि गराएकाे छ।