
बेथानचाेक जेसीजले बेथानचाेक गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ।

काेभिड १९ काेराेना भाईरसकाे दाेस्राे लहरले पारेकाे प्रभाव न्युनिकरण तथा राेकथामका लागि बेथानचाेक जेसीजका बर्ष २०२१ का अध्यक्ष जेसी हरिकृष्ण दाहालले स्वास्थ सामाग्री माक्स ,पिपिई सेट,सेनिटाईजर बेथानचाेक गाउपालिका प्रमुख प्रेम बहादुर तिमल्सिनालाई हस्तान्तरण गरिएकाे हाे
।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बेथानचोक गाउँ पालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी , बेथानचोक जेसिजका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना निवर्तमान अध्यक्ष राजेश तिमल्सिना , समाजसेवी शेर बहादुर खत्री,युवा व्यवसायी डिगमान लामा ,हातेमालो युवा समाजका अध्यक्ष विनाेद तिमल्सिना,माउन्ट महाभारत हाेमस्टेेका अध्यक्ष कमल नेपाल लगायत जेसीजका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।