
बेथानचाेक जेसिजकाे आयाेजनामा हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ ।
रङ्गहरूकाे पर्व हाेलीकाे अवसरमा काभ्रेपलान्चोक जिल्लाकाे बेथानचाेक गाउपालिकामा श्रद्धालु भक्तजन स्वागत सहित हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल जेसिजकाे राष्ट्रिय महासचिव जेसिअाई सिनेटर विकास मानन्धर,पुर्व राष्ट्रिय उपाध्यक्ष जेसिअाई सिनेटर रूकमणी सिग्देल ,वेथानचाेक जेसिजका सस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना ,निवर्तमान अध्यक्ष राजेश तिमल्सिना ,बेथानचाेक क्षेत्र सराेकार समाजका सल्लाहकार मछिन्द्र कुमार लामा ,धार्मिक ज्ञाता ज्ञेण प्रसाद तिमल्सिना लगायतकाे उपस्थितिमा बेथानचाेक ढुंखर्क चारडाेबाटाेमा युवाहरूकाे सहभागिता एक अर्कालाई रङ्ग दलेर हाेली मनाईएकाे थियाे ।

होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।


होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।