
बेथानचाेकमा भेटियाे दुर्लभ सेताे मृग ,सदर चिडियाखानामा संरक्षणकाे लागि पठाईएकाे छ। काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालिका वडा नम्बर २ ढुंखर्ककाे जंगल स्थित दुर्लभ सेताे मृग फेला परेकाे छ । सेताे मृग नेपालमा विरलै पाईन्छ ।
निख्खर सेतो रंग भएको मृग माउले छाडेर अलपत्र परेको अबस्थामा स्थानीय धिरज घिमिरेले भेटेका थिए ।
२०७८ जेठ १६ गते घिमिरेले सेताे मृग च्याम्राङबेशि ढुंखर्क प्रहरी चाैकीका प्रमुख हरेराम पराजुलीलाई हस्तान्तरण गरिएकाे थियाे ।

बेथानचाेक गाउपालिका र वडा कार्यालयकाे समन्वयमा ढुंखर्क प्रहरी चाैकि प्रमुख पराजुलीले २०७८ जेठ १७ गते सब डिभिजन कार्यालय खाेपासीका सहायक बन अधिकृत हेम बहादुर थापा लाई हस्तान्तरण गरि औषधि उपचार र संरक्षण गरि राख्न जाउलाखेल स्थित सदर चिडियाखानामा पठाईएकाे छ।
सेताे मृग हस्तान्तरण कार्यक्रममा बेथानचाेक गाउपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर २ का अध्यक्ष भगवान घिमिरे , रेडक्रस साेसाईटी बेथानचाेक शाखा अध्यक्ष केदार बहादुर क्षेत्री ,हातेमालो युवा समाजका अध्यक्ष विनाेद तिमल्सिना लगायत स्थानीयकाे उपस्थिति रहेकाे थियाे ।