काभ्रेपलाञ्चाेक –

“समस्त काभ्रे जिल्ला लगाएत सिङ्गो नेपालले आज एउटा ठुलो प्रतिभा गुमाएका छौ ,काभ्रे जिल्ला बेथान्चोक गाउपालिका ६ मेधान्सुका प्रतिभावान अन्तर्राष्ट्रिय उसु खेलाडी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मा आबद्ध विरमान वाइबा को शनिवार राति सुतेकाे अवस्थामा अकल्पनीय दु:खद निधन भएको छ । फुल कन्ट्याक्ट कराते एवं उसु खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी वाईवा काे अल्पआयुमै असामयिक निधन भएकाे हाे।
सामान्य र स्वस्थ रहेका उनी शनिबार फुटबल खेलेर खाना खाएर सुतेको र बिहान मृत अवस्थामा भेटिएको परिवारिक स्रोतको भनाइ छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत भेटिएका वाइवा के कारणले मृत्यु भयो भन्ने बारे यकिन भइनसकेको बनेपा प्रहरी निरिक्षक याेगेन्द्र तिमिल्सिनाले जानकारि दिनु भयाे ।
उहाँको धार्मिक विधि तथा परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासङ्घले जनाएको छ ।अन्त्येष्टिअघि वाइबाको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा राखिएको थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीका सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका प्रशिक्षक, खेलाडीलगायतले वाइबाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

नेपाली सेनामा आबद्ध उहाँलाई सेनाले अन्तिम सलामीसमेत दिएको थियो । वाइबाको आइतबार काभ्रेपलाञ्चोकको बेथानचोक गाउपालिका ६ मेधाम्सु स्थित उहाँकै निवासमा २७ वर्षको उमेरमाआफ्नै घरमा सुतिरहेको निधन भएको थियो ।
वाइबाले सन् २०१८ मा इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपालबाट सहभागिता जनाउनुभएको थियो । उहाँ राखेप च्याम्पियनसिपको पदक विजेतासमेत हुनुहुन्थ्यो । शुरुवातमा वाइबा क्योकुसिन करातेका खेलाडी हुनुहुन्थ्यो ।