बिरामीले सबै सेवा भाेमी हस्पिटलबाट पाउने छन्,उपचारकाे खाेजीमा दाैडधुप गर्नु नपर्ने

  •   काभ्रे
  •   २६ श्रावण २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares
अरविन्द्र गाैतम

काभ्रेपलाञ्चोक जिल्लाको नगरपालिका –१० जनगालमा रहेको भोमी हस्पिटल यति बेला बिरामीहरुको उपचार गराउने मुख्य केन्द्रबिन्दु बनेको छ । काठमाडौँका ठूला अस्पतालको स्तरमा चलाउने लक्ष्यसहित संरचना निर्माण भएर हस्पिटल सम्पन्न हुन नपाउँदै बनेपा नगरपालिकाको विशेष अनुरोधमा कोरोना अवधिभर कोभिड डेडिकेट हस्पिटलका रुपमा सञ्चालन भयो । भर्ना भएका सबै कोरोना संक्रमितको स्वास्थ्यमा उत्कृष्ट नतिजा आएपछि अहिले सबैको केन्द्रबिन्दु बनेको छ ।

सम्पुर्ण नागरिकहरूको उपचार गरी पुनः जीवन दिदैँ महामारीको संकटमा कोरोना संक्रमितहरुलाई बचाउन सफल हस्पिटलले कोभिड नियन्त्रणमा प्रभावकारी सेवा प्रदान गरेको थियो । जस्तो प्रतिफल स्वरुप बनेपा बासिको रोजाइमा पर्न सफल भएको छ ।

हस्पिटलले उत्कृष्ट सेवा दिनको लागि आइसियू, भेन्टिलेटर बेडदेखि बाइप्याप मेसिन, सिप्याप, अक्सिजन लगायतका सबै चिज उपलब्ध गराएको छ । हस्पिटलमा ९ वटा आइसियू वेड र ३ वटा भेन्टिलेटर छन् । हस्पिटलका प्रबन्धक निर्देशक सुगन कायस्थले नगरपालिकाले विशेष अनुरोध गरेसँगै संरचना निर्माणकै क्रममा रहेपनि कोरोनाको विषम परिस्थितिमा नागरिकले भोगिरहेको जुन सकस छ त्यसलाई कम गर्न सकिन्छ भने किन सहयोग नगर्ने भन्ने सोचले हस्पिटललाई कोभिड डेडिकेडको रुपमा सञ्चालन गरेको बताए । यसरी कोरोना समयमा नै राम्रो सेवा दिएर भोमी हस्पिटल अहिले बनेपा बासीको मनमा बस्न सफल भएको छ । यस भोमी हस्पिटलका प्रबन्धक निर्देशक सगुन कायस्थसँग अरबिन्द्र गौतमले गरेको विशेष कुराकानी ;

० भोमी हस्पिटलको परिचय ?

हजार माइलको यात्रा पुरा गर्न एक पाइला वाट सुरु हुन्छ भने झैँ धेरै सपनाहरु मध्ये छनोट भइ अगाडि बढेको बनेपाली एक युवाको अनुपम सपना हो भोमी, र यसमा थप्न चहान्छु नेवारी भाषामा एक सहर हो भोमी, हाम्रो परिभाषामा नयाँ जीवन हो भोमी, किनकि हामी चाहन्छौं राजधानी वाहिर भएको कारण कोहि नागरिकले उपचार र प्रविधिको अभावमा जीवनको अन्त्य हुने दिनको समुल अन्त्य गर्ने सपना हो भोमी

० अस्पताल सम्पन्न हुन नपाउदै कोरोना संक्रमितको उपचार गर्यो तपाइलाई यस्तो सङ्कटका बेला बिरामीको सेवा गर्ने अवसर मिलेको थियो यसमा संक्रमितले के कस्ता प्रतिक्रिया दिए ?

हाम्रो नेपाल सहित विश्व महामारीको पहिलो लहरले जनजीवनमा परेको प्रभाव र दवावले कोभिड आतंकबाट बच्ने र बचाउने कुराले निकै चिन्तित बनायो र यसपछि तुरुन्तै मेरो योजना बन्न पुग्यो एउटा सुबिधा सम्पन्न हस्पिटल अति नै आवश्यक महसुस गरि काम अघि बढायौ बिभिन्न समस्याहरु संग जुधदै अगाडी बढदै आउने क्रममा संरचनाहरु बन्दाबन्दै दोस्रो लहरले आतंक सुरु गर्यो र हामीलाई सबैले अनुरोध गर्न थाल्नु भयो कसरि सेवा दिन सकिन्छ केहि भाग मात्रा भएपनि संचालन गर्नु पर्यो भन्ने भएपछि एउटा भाग बाट बनेपा नगरपलिका सँगको सहकार्यमा सेवा प्रवाह गर्ने तयारी गरि हामीले हस्पिटल बाट बिरामीको उपचार सुरु गर्यौ , पक्कै यहाँले भनु भए झैँ समस्या गहिरो थियो, यति सम्म कि बजार पुरै शिल हाम्रो तयारी पुरा नहुनुले कतिदिन हामीले हाम्रो अनुरोधमा डाक्टरहरुले भोक तिर्खा समेतलाई ख्याल नगरी पनि हामीले उपचारलाई निरन्तरता दिन सफल भयौ सायद यसको परिणाम हो भन्ने लाग्छ , यस हस्पिटलमा आउनु भएको सबै बिरामीको उपचार सफल रहन पुग्यो, बिरामी र आफन्तले दिनुभएको माया सदभावले म के बुझ्न सक्छु भने समग्रमा सबै खुसि हुनुभएर नै जानु भएको छ भन्ने मेरो विश्वास रहेको छ ।

० कोरोना समयमा काभ्रे जिल्लाका धेरै हस्पिटलले मेडिकल सामग्रिको अभाव देखाए तर तपाईले बनेपा नगरपालिकासँग सम्झौता नै गरेर काम गर्नु भयो यो कसरी सम्भव भयो के तपाइको हस्पिटलमा मेडिकल सामाग्रीको अभाव थिएन ?

निकै महत्वपूर्ण प्रस्न गर्नु भयो, यहाँलाई धन्यवाद, अभावको पर्याय बन्ने संकल्प बोकेर आएका छौ त्यसकारण अभाबै अभावको बिचमा व्यवस्थापन गर्नु नै हाम्रो सेवामा सफलता हो, भन्ने निष्कर्ष निकालेर सबै सँगको समन्वयन सहयोग सदभावमा सबै अभावहरुलाई हामीले पुरा गर्दै लग्यौ रातभरी–दिनभरी खटेर अक्सिजनको लागि लाइन बसेर पनि हाम्रो सेवा दिने प्रयास निरन्तर रहयो यसको कारण हुदाँ हुदै पनि सफल भयो भोमी भन्न चहान्छु किनकि यहाँहरु सबैको सहयोग र हातेमालो ले नै धेरै नागरिकको उपचार सम्भवन भएको छ ।

भोमी हस्पिटल आएका अरु सेवाग्राहीहरु कति सन्तुष्ट छन् ?

प्राणीमध्ये को उत्कृस्ट प्राणी मानव जीवन नै यस्तो जीवन हो जुन सन्तुस्ट र असन्तुस्ट विचको विकासले समाजको निर्माण गरेर बस्ने भएको हो ्र यसको मतलव मैले यहाँ लाई भन्न खोजेको के हो भने, मानिसहरु हजार चिज पाउदा जति खुसि हुन्छ एक चिज गुमाउदाँ त्यसको डवल दुखि बन्न पुग्छ, यसकारण केहि वाहिरी कुराकानीहरु बाहेक सबै सेवाग्राहीहरु सन्तुस्ट छन् । ,खुसि छन् । काठमाडौं जान परेन , मेरो घर छेउमा उपचार गर्न पाइयो भनेर निस्कदा असिर्वाद प्रदान गर्दै जानुहुन्छ यसले गर्दा आफै मेरो काधमा जिम्मेवारी वढेको महसुस गर्छु र अझ थप सेवा गर्ने उपाएको खोजीमा तल्लिन हुन्छु ।

० यस हस्पिटलमा काम गर्ने कर्मचारी कहाँको कसरी व्यवस्थापन गर्नु भएको छ उनीहरु कतिको सन्तुस्ट छन् ?

हस्पिटलको महत्वपूर्ण पक्ष भनेकै कर्मचारीहरु हुन् यसकारण हामीले कर्मचारी हरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन हस्पिटलले छुटै गाडीको व्यव्स्था गरेर ल्याउने लाने कार्यलाई प्राथमिकता दिएर सबै कर्मचारीलाई घरबाटै ल्याउने र घर सम्म पुर्याउने गरि व्यवस्था मिलाएर सङ्कटमा सावधानी पुर्वक संघर्स गर्यौ, यसले गर्दा पनि होला हामीले सबै कर्मचारी हरुलाई आज सम्म सुरक्षित राख्न सफल भएका छौ र सबै कर्मचारीहरु खुसि र सन्तुस्ट छन् भन्ने मेरो विश्वास छ ।

० स्थानीय जनसक्तिलाई तपाईले आफ्नो हस्पिटलमा पहिलो प्राथमिकता दिनु भएको छ ?

हाम्रो पहिलो सम्पति भनौ वा गहना भनेकै स्थानीय जनसक्ति हुन् भन्ने कुरालाई आत्मसाथ गर्दै सम्भव रहेसम्म प्राथमिकतामा राखेका छौ र बिषय विज्ञताको आधारमा जिम्मेवारी वनाउदै लाने प्रयत्नमा छौ ।

० भोमी हस्पिटल र काभ्रेका अरु हस्पिटलमा के फरक छ ?

हामी अरु भन्द फरक के छौ भन्ने विषयमा धेरै केहि भन्न चाहान्न किनकी हस्पिटल भने पछि सबैको एउटा उदेश्य रहन्छ विरामी लाइ उपचार गर्ने , त्यसकरण फरक सेवा सुबिधाको आधारमा सेवा लिनेहरुले नै भन्नुहोला ,भन्न चाहन्छु ।

० भोमी हस्पिटलले ति दिन दुखिहरुको लागि सुलभ मूल्यमा उत्कृस्ट सेवा दिनसक्छ ?

मर्मस्परसी प्रस्न सोध्नु भयो , म हरदिन यहि विषयमा सोच्ने गर्छु जीवन त सबैको एकै हुन् सम्पन्न र विपन्नको तर उपचारको क्रममा समस्या आउने नै रहेछ, सबै कुरामा हामी पनि पूर्ण छैनौ भाडामा घरजग्गा लिएका छौ , डाक्टरहरु कन्सल्टेन्ट राखेका छौ जसले गर्दा हामी आफै महँगोमा पर्ने रहेछौ यसले गर्दा हामी निकै चिन्तित छौ , यो संगै एउटा योजना भने बनाउदै छौ केहि, हस्पिटलवाट केहि समाजसेवा वाट र केहि सरकारी निकाएको सहयोगमा एउटा कोष निर्माण गर्ने अभियानमा छौ । यसको लागि यहाँहरुको अहम भूमिका रहने छ र सबैले सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।

० भोमी हस्पिटलमा नै आफ्नो स्वास्थ्य उपचार गर्न किन आउने कारण ?

भोमी नै आउन पर्छ भन्ने हाम्रो मान्यता छैन तर काभ्रे बासीहरु र आसपासका नागरिकहरुले उपचारको खोजीमा धेरै हस्पिटल घुमिरहन नपरोस भन्ने हाम्रो चाहाना हो यसमा होला कि त्यसमा होला कि भनेर हिड्दा हिड्दै रोगले पनि च्याप्ने आफु सँग भएको पैसा पनि सकिने, र यसतै कारणले अकालमा जीवन गुमाउनु परेको अवस्थाहरु को अन्त्य गर्न चाहान्छौ, सकेसम्म एउट ठाउँ बाट नै सम्भव भए सम्म सम्पूर्ण बिरामीको उपचार सम्भव गराउने हाम्रो लक्ष्य रहिको छ ।

० यस हस्पिटललाइ बनेपा नगरपालिका र स्थानीयको कस्तो सहयोग छ तपाई उनीहरुले गरेको सहयोग बाट सन्तुस्ट हुनुहुन्छ ?

माटोको भर ढुंगा भने झैँ हाम्रो सेवा यहाँको नागरिकहरु प्रति नै लक्षित हो यसकारण पनि धेरै समाजसेवि बुद्धिजीवी हरुवाट सकारात्मक सहयोग रहेको महसुस गरेको छु । कतिपयले सुरु गर्दा तिम्रो मात्र थियो अव यसको जिमेवारी हाम्रो पनि भयो भनुहुन्छ । यसरी हौसलाहरु पाउदाँ अवस्य पनि खुसि हुने गर्छु । यहाँहरुको सेवा नै हाम्रो प्राथमिकता हो । यसमा सबैले हातेमालो गर्दै अगाडी बढ्ने हो अवस्य पनि हामी लक्ष्य पुरा गर्ने छौ भन्ने विश्वास लिएको छु ।

० तपाइले किन काभ्रे जिल्लाको बनेपामा नै यो हस्पिटल संचालन गर्नु भयो ?

मानव जीवनमा मैले महसुस गरेको महत्पूर्ण ठाउँ दुई वटा हुने गर्छन । पहिलो जन्मंभुमी दोस्रो कर्म भुमि यसै मध्य मलाई जन्म थलोमा नै सेवा गर्ने विचारले यो निर्णयमा पुर्यायो एकातिर भने अर्कोतिर हामी राजधानीको नजिक रहेको सहरमा वसेका छौ तर विडम्बना भन्नु पर्छ एउटा सुबिधा सम्पन्न हस्पिटल छैन । आज पनि विभिन्न घटना दुर्घटना वाट घाइते भएका नागरिकहरु काठमाडौँ सम्म पुर्येउदा धेरैको वाटोमा नै ज्यान गएको समाचारले, मलाई राजधानीको पूर्वी नाकको उदार गर्ने क्षमता राख्ने गरि सेवा गर्न भनि बनेपा नै रोजेको हुँ ।

० अन्त्यमा सेवाग्राहीहरु लाई तपाइको यस हस्पिटल बारेमा के जानकारी दिनु हुन्छ ?

अन्त्यमा सबै प्रति आग्रह गर्दछु । म पनि मान्छे नै हुँ मेरो पनि जानी ,नजानी केहि त्रुटीहरु हुन सक्छन यहाँहरुले नजिकवाट निकालेर सल्लाह सुझाबको अपेक्षा गर्दछु र आजको मेरो लक्ष्य भोलिका दिनमा यहाँको नागरिक समाज ,पत्रकार,राजनैतिक दलहरु सबै सरकारहरुको साझा लक्ष्य बन्न सकुन हरेक नागरिकले सर्वसुलभ स्वास्थ्य उपचारको प्रत्याभुति गराउन सकियोस , हस्पिटललाई आवश्यक पर्ने सामग्रीहरुमा सहुलियत भयो भने नागरिकहरुको उपचार पनि सरल हुने नै छ भन्ने कुराहरु राख्दै मेरो र भोमी हस्पिटलको वारेमा केहि जिज्ञासा मेटाउने अवसर दिनुभएकोमा तपाई अरविन्द्र गौतम लाई र खबर न्युज नेपाल टिम लाई धन्यवाद भन्न चाहन्छु धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *