प्रहरी बागमती प्रदेश प्रहरी तालिम केन्द्रबाट प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीलाईबिदा गरिएकाे छ
करिब १५ महिना बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा रहेर आफ्नु कार्यकालमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगबाट भर्ना छनौट कार्यक्रम संचालन साथै प्रहरी संगठनले दियको जिम्मेवारी ईमानदारीका साथ पुरा गरि प्रहरी बागमती प्रदेश प्रहरी तालिम केन्द्रबाट प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारी बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा हाजिर भई समादेशकको रुपमा कार्यरत रहनु भएको थियो । भण्डारी ज्यूको करिब १५ महिनाको कार्यकालमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगबाट भर्ना छनौट कार्यक्रम संचालन, कोरोना भाईरस कोभिड-१९ को संक्रमणबाट देशभर लकडाउन हुँदा समेत प्रहरी कर्मचारीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नुबाट जोगाई उचित व्यवस्थापन, विभिन्न किसिमका सचेतनामूलक तथा जनता केन्द्रित कार्यक्रमहरुको संचालन, कार्यालय संचालनमा उपलब्ध न्यूनतम श्रोत साधनहरुको अधिकतम प्रयोग गरी मितव्ययिता कायम, गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादन, उल्लेख्य रुपमा फलफूल तथा जडिबुटीका बिरुवा वृक्षारोपण गरी वातावरण संरक्षण, फोहोर मैला व्यवस्थापन, कर्मचारीहरुको आन्तरिक शुद्धिकरण तथा सुदृढिकरण, कर्मचारीहरुको पीरमार्का, गुनासाहरुको सुनुवाई तथा उचित व्यवस्थापन, निर्णय प्रकृयामा सामुहिक सहभागीता, महिला प्रहरी कर्मचारीहरुलाई महिला मैत्री वातावरण, लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी कार्यक्रम, वनजंगल जोगाउनको लागि आगलागी नियन्त्रण तथा सर-सफाई, Reserve खानेपानी ट्याङ्की निर्माण, कालो पत्रे सडक निर्माण, मुलगेटलाई स्तरोन्नती गरी नयाँ हाईप्वाइन्ट पोष्टहरुको निर्माण, प्रहरी कर्मचारीहरुलाई मास्क तथा स्यानीटाईजर वितरण, परिसर भित्र Free Wi-Fi Zone को व्यवस्था, महिला प्रहरी कर्मचारीहरु तथा अन्य विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुसंग समय/समयमा अन्तरक्रिया कार्यक्रम, समस्यामा परेका प्रहरी कर्मचारीहरुलाई काउन्सेलिङ, कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न विभिन्न किसिमका अनुशिक्षण तालिमहरु संचालन, भौतिक पूर्वाधारहरुको विकासमा सम्बन्धित निकायहरुसंग पहल गरी तीब्र रुपमा निर्माण कार्य जस्ता कार्यहरु भएका थिए ।
