
बसमा छुटेको ४ लाख नगद प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
सल्यानको श्रीनगर बाट ढोरचौर तर्फ नगद ४ लाख बोकि बसमा यात्रा गर्ने क्रममा छुटेको भनी प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा सो पैसा फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाएको हो ।
मिति २०७७।१०।१३ गते १७:०० बजेको समयमा रु ४,००,००० (अक्षरुपी चारलाख) रुपैया बोकि जि.सल्यान सिद्दकुमाख गा.पा.वडा न.४ खारबन बस्ने बर्ष २४ को मान बहादुर रोका श्रीनगरबाट नम्बर थाहा नभएको बसमा चढी ढोरचौर झरेको र उक्त रकम रहेको झोला बसमा छुटेको भनी तत्काल निजले प्रहरीलाई खबर गर्नु भए पश्चात् तत्काल जिप्रका सल्यानले श्रीनगर बाट थारमारे तर्फ जाने बसहरुको चेकजाँच गर्न निर्देशन दिएको थियोे ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
चेकजाँच कै क्रममा ईप्रका थारमारेबाट निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक लिलाराम चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले ना.५ख.७७६१ न. को बसमा नगद रु ४,००,००० (अक्षरुपी चारलाख) सहितको कालो झोला फेला पारेको हो ।
उक्त फेला पारेको रकम जि.सल्यान सिद्दकुमाख गा.पा.वडा न. ४ खारखन स्थित जलश्रोत उपभोक्ता समिति निर्माण योजनाको पहिलो किस्ताको हो भन्ने बुझिएको छ ।
सो रकम समितिका सचिव मान बहादुर रोकालाई भरपाई गरी बुझाईएको जिल्ला प्रहरी कार्यालय सल्यानका नायव निरिक्षक लिलाराम चन्दले बताएका छन।