
डीआईजी सिंहको ठुलो सफलता : बम विस्फोट गराउने गोइत समूहका दुई कार्यकर्ता सिंहको फन्दामा
सिरहाको लहान नगरपालिका वडा नम्बर – ८ स्थितमा रहेको मालापोत कार्यालय लहानमा बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका दुबै जनालाई २ नम्बर प्रदेश प्रहरी कार्यलय जनकपुरधामले जनाएको छ । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका – ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरका २६ वर्षीय अभिमन्यू गिरी रहेका छन्।
गत चैत १ गते मालपोत कार्यालय लहानको पहिलो तलामा भएको बम विस्फोटमा ८ जना घाइते भएका थिए। प्रेसर कुकर बम विस्फोटमा परी कार्यालयमा समेत क्षति पुगेको छ। बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले प्रेस विज्ञप्ति मार्फत लिएको थियो।
घटनास्थलमा समेत उक्त समूहको पर्चा फेला परेको थियो। बम विस्फोट अध्यक्ष जयकृष्ण गोइतकै निर्देशनमा भएको पाइएको छ। पक्राउ परेका यादवले आरके भन्ने रामकुमार यादवले फागुन २६ गते लहान देखि दक्षिण भगवानपुर गाउँपालिका ठाडी भन्ने स्थानमा आफूलाई प्रेसरकुकर बम दिएको र मालपोत कार्यालयमा पड्काउन लगाएको बताएका छन्।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश
रामरिझन २०७४ चैत ९ गते लहानमा अवस्थित विकास ट्रेडर्समा भएको बम बिस्फोटमा जिल्ला अदालत सिरहाबाट १ लाख धरौटीमा छुटेका थिए। विराटनगर उपमहानगरपालिकामा २०७५ साउन ३१ गते भएको बम विस्फोटको मुद्दामा पनि ३५ हजार रुपैयाँ धरौटीमा उनि छुटेको बताइएको छ।
गिरी ५ वर्षदेखि उक्त समूहका कार्यरत रहेको र चन्दा असुलिमा समेत संलग्न रहेको पाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धिरजप्रताप सिंहले जानकारी दिए । गिरी र यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल दुई थान र त्यसको गोलि चार थान बरामद गरेको छ।