बनेपामा ९ लाख चाेरी गरि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ

  •   काभ्रे
  •   ४ असार २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे (बनेपा) –

लकडाउनको समयमा पनि जिल्लामा अपाराधजन्य घटनामा कमी आएको छैन । 

बनेपा नगरपालिका वडा नं ७ मा रहेको सुरेश तामाङले सञ्चालन गर्दै आएको तेन्डेल हार्डवेयर प्रा.लिमा जेठ २८ गते अपरिचित व्यक्तिले ९ लाख ४ हजार २ सय ७५ रकम चोरी भएको थियो । तामाङले चाेरी भएको भनी प्रहरीमा जेठ २९ गते निवदेन दिएका थिए । उक्त निवेदन अनुसार प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको थियो ।चोरी गरी फरार भएका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले चोरी गरी फरार भएका प्रकाशजंग कुवरलाई नवलपरासीबाट पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो ।
बिहिबार इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मलेन गरि फरार अभियुक्त नियन्त्रणमा लिएको विषयमा सार्वजनिक गरिएको थियो ।


फरार अभियुक्तलाई असार ३ गते नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं १ डाँडाटोलमा आफन्तको घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । निजलाई प्रहरीले एक लाख पचास हजार  रुपैँया, मोबाइल, वाइफाइ राउटर सहित  पक्राउ गरेको थियो ।
कुँवरलाई चोरी अभियोगमा मुद्दा दर्ता गरी म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ । चोरेको रकम मध्ये केहि आफन्तको किनमेलमा खर्च गरेका थिए भने केहि मोवाईल खरिदमा र अन्य रकम बाँडेको बताए पनि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो ।३ वर्ष अघि उनी मोवाईल चोरीमा काठमाडौबाट पक्राउ परेका थिए भने ५ महिना अघि मात्रै चोरी अभियोगबाट जेलबाट छुटेका थिए । केहि दिन अघि हार्डवेयरमा आएर सबै अध्ययन गरे पछि लकडाउनको मौका छोपी उनले हार्डवेयरको काउन्टरमा रहेको पैसा चोरी गरेका थिए ।


फरार अभियुक्त चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं १ निवासी २७ वर्षीय प्रकाश जंग कुवर रहेको बनेपा प्रहरी प्रमुख याेगेन्द्र तिमल्सिनाले  जानकारी दिनुभएकाे  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *