काभ्रे जिल्लाको बनेपा बुडोल उग्रचण्डी पेट्रोलपम्प नजिकै दुईबटा मोटरसाइकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ ।
आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हाे। दुर्घटनामा परी काभ्रेको धुलिखेल नगरपालिका ८ भट्टीडाँडाका २८ बर्षका सत्यमान तामाङ र सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरिक्षक याेगेन्द्र तिमिल्सिनाले बताउनु भयाे ।
ना १२ प ७४२९ नम्बरको डिस्कभर मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको एफ जेड मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको निरिक्षक तिमिल्सिनाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ का बिकास बस्नेत, काभ्रेको धुलिखेल नगरपालिका ४ का १८ बर्षका अनिल मगर, उदयपुर कटारी ६ का १८ बर्षका सुबास मगर रहेका छन् ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न