
काठमाडौ उपत्यकामा लगाइएको निषेधाज्ञा वैशाख २९ गतेसम्म जारी रहने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई हरेर थप एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
बैठकमा निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उनका अनुसार अब खाद्यान्न पसलहरु बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।
यसअघि वैशाख १६ गतेदेखि बिहानदेखि लगाइएको निषेधाज्ञा (भोलि) मध्येराति सकिँदैछ । मन्त्रिपरिषद्ले यसअघि नै कम्तीमा दुई साता निषेधाज्ञा लगाउन सुझाव दिएको थियो ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश