
उमा–सहशिक्षालय माविको ६९ औ वार्षिकाेत्सवकाे अवसरमा फाेटाे पत्रकार महासंघ बाग्मति प्रदेशका अध्यक्ष युवा पत्रकार केशवराज पौडेल सम्मानित
काभ्रेको पुरानो विद्यालयमध्येको एक उमा–सहशिक्षालय माविको ६९ औं बार्षिकोत्सवको अवसरमा काभ्रेका कृयाशिल फाेटाे पत्रकार महासंघ बाग्मति प्रदेशका अध्यक्ष युवा पत्रकार केशवराज पौडेल तथा पत्रकार ज्ञानमणी नेपाल कालोटोपीलाई सम्मान गरेको छ ।
मण्डनदेउपुर क्षेत्रमा लुकेर रहेका सूचना, जानकारी, तथा विविध घटनाहरु पत्रकारिता मार्फत उजागर गरेको भन्दै पौडेललाई सम्मान गरेको हो । पत्रकार द्वय पौडेल र नेपाललाई नगद पाँच हजार ५५५ सहित कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले सम्मान गर्नु भएको हो ।
सो अवसरमा बोल्दै सांसद लम्सालले विद्यानलयले भौतिक विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सालिकराम श्रेष्ठले विद्यालयको भौतिक प्रगतीको बारेमा बोलेका थिए । कार्यक्रममा मण्डनदेउपुरका मेयरका प्रमुख सल्लाहकार गोकुल गौतम, वडाअध्यक्ष विष्णुमणी नेपाल, शिक्षासेवी कश्यपप्रसाद पौडेलले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सेवा निवृत्त हुनु भएका तीन जना शिक्षकहरुलाई दीर्घसेवा सम्मान गरिएको थियो ।
प्रअ सालिकराम श्रेष्ठले आफ्नो बुबा धनबहादुर श्रेष्ठको स्मृतीमा ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश