
फाल्गुण १५ गतेकोे ल्होछार कार्यक्रमले तात्यो वेथानचोक नेपाल आईडल बुद्ध लामा र साउथ एसिएन स्टार आशुसेन लामा कार्यक्रमको प्रमुख आकर्षण
तामाङ्ग जातीको मौलिक धर्म संस्कृति भाषा,भेष,भुषाको संरक्षण गर्ने हेतुले यस बर्ष वेथानचोक गाउंपालिकामा नेपाल तामाङ्ग घेदुङले गाउंपालिका स्तरिय बृहत ल्होछार मेलाको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा नृत्य प्रतियोगिता, स्थानिय कलाकारहरुको प्रस्तुती को साथसाथै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु, नेपाल आईडलबुद्ध लामा र साउथ एसिएन स्टार आशुसेन लामाको उपस्तिथिले वेथानचोकको माहोल दिनको ठिक १२ बजे बाट सांझ ८ः४५ सम्म तातेको थियो ।

२०७७ फाल्गुन १५ गते शनिवार आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ वेथानचोक गाउं समितिका अध्यक्ष श्री सिताराम लामाले गर्नु भएको थियो भने स्वागत मन्तव्य अध्यक्ष सिताराम लामाले र कार्यक्रममाथि प्रकास उपाध्यक्ष पाल्चेन लामाले गर्नु भएको थियो । प्रमुख अतिथिको आतिथ्यता नेपाल तामाङ्ग घेदुङ केन्द्रिय कार्यसमिति, भाषा कला तथा संस्कृति विभाग प्रमुख तथा भाषा साहित्यका प्रखर वक्ता श्री काजिमान थिङ्ग ज्युले गर्नु भएको थियो ।
विशिष्ट अतिथिमा वेथानचोक गाउंपालिकाको अध्यक्ष ज्यु र महांकाल गाउंपालिकाका उपाध्यक्ष कमला तामाङ्ग वाईवा हुनुहुन्थ्यो । वेथानचोक गाउंपालिकाको ६ नै वडाको वडा अध्यक्षहरुलाई अतिथिको लागि गरिएको निमन्त्रणमा वडा नं २ को वडा अध्यक्ष श्री भगवान घिमिरे ज्युको मात्र उपस्थितिले अन्य वडा अध्यक्षहरुले जनमतको अपमान त गरेको हैन भन्दै कानेखुशि गर्नेको पनि कमि थिएन ।

वेथानचोक गाउंपालिकाले यस्तै महोत्सव र सांस्कृतिक पर्वहरुको लागि हरेक वडामा रु. १०००००।– गाउंसभा द्धारा विनियोजन गरेको हुनाले यस कार्यक्रमको लाई सम्पुर्ण वडाहरुबाट लिन सकिने र गाउंपालिकामा कुनै रकम नभएको हुनाले वडा नं २ ले जस्तै हरेक वडाले दिन सक्ने हुनाले वडा संग सम्पर्क गर्नुहुन गाउंपालिका अध्यक्ष ज्युले कार्यक्रमा जानाकारि गराउनु भएको थियो । आगामि बर्ष भने गाउंपालिकाले ल्होछार महोत्सब आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै गरि आफ्नो माईति गाउंको विशाल महोत्सवको सफलताको कामना गर्दै आफु कर्मथलो महांकाल गाउंपालिकामा रहदा पनि जन्मथलोको विकास र समृद्धिमा आनन्दको महशुस हुने मन्तव्य विशिष्ट अतिथि महांकाल गाउंपालिकाका उपप्रमुख तथा वेथानचाकको चेलि कमला तामाङ्ग वाईवाले बताउनु भएको थियो । यसै शिलसिलामा उहांले कार्यक्रमको आयोजकहरुलाई मायाको चिनो स्वरुप रु. ५०००।– उपलब्ध गराउनु भएको थियो । वडा भित्रको हरेक जातजाति, भाषाभाषि, धर्म, संस्कृतिलाई उच्च सम्मान आफु निर्वाचित भए देखिनै गर्दै आईरहेको र भोलिका दिनमा पनि गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफु सहित वडाको सम्पुर्ण जनप्रतिनिधिहरुको सामुहिक निर्णयले यस कार्यक्रमको लागि रु. ३००००।– सहयोग उपलब्ध गराउने जानाकारि कार्यक्रमका अतिथि वेथानचोक गाउंपालिका वडा नं २ वडा अध्यक्ष श्री भगवान घिमिरे ज्युले गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ्ग घेदुङ केन्द्रिय कार्यसमिति, भाषा कला तथा संस्कृति विभाग प्रमुख तथा भाषा साहित्यका प्रखर वक्ता श्री काजिमान थिङ्ग ज्युले तामाङ्ग जातीको वर्तमान अवस्था, चेतनाको स्तर र ल्होछारको महत्वको विषयमा प्रकाश पार्नु भएको थियो । तामाङ्ग जातिले अन्य धर्मलाई उच्च सम्मान गर्दै आफ्नो धर्म संस्कृति, कला सहित्यलाई पनि उजागर गर्नु पर्ने आजको आवश्यकता हो भन्नु भएको थियो । हाल यो संसारमा दुई प्रकारको पात्रो चलनचल्तिमा छ सौर्य (सुर्य) पात्रो र चन्द्र (लुन)पात्रो । सौर्य पात्रोमा विक्रम संम्बत र ईस्वी संम्बत हुन्छ । हाल वि.सं. २०७७ र ई.सं. २०२१ छ ।

जसमा ३६५ दिनको एक बर्ष हुन्छ भने २९ देखि ३२ दिन सम्मको एक महिना हुन्छ । वि.सं.को नयां बर्ष बैशाख १ गते र ई.सं. नयां बर्ष जनवरि १ तारिखमा हुन्छ । चन्द्र पात्रोमा मन्जुश्री संम्बत लागु हुन्छ । यसमा बाह्र वटा बर्र्ग(ल्हो)हुन्छ । प्रत्येक बर्ष अलग अलग ल्हो हुन्छ । यो ल्हो भित्र फेला, वेनु, दुगु, नाम्दे, गोले, मेनु भन्ने महिनाहरु हुन्छ । ल्हो भनेको बर्ग र छार भनेको नयां दिन अथवा पहिलो दिन भएको हुनाले ल्होछार भनिएको हो । यस पात्रोमा ३५६ दिनको एक बर्ष हुन्छ भने २९ देखि ३० दिन सम्मको एक महिना हुन्छ । यस पात्रो अनुसार फेला भनेको पहिलो महिना हो र फेला महिनाको १ गते(छिवा गि) लाई जुनै बर्षको पनि नयां बर्षको रुपमा लिईन्छ । यहि दिनको लागि तामाङ्ग जातिको नयां बर्ष अर्थात ल्होछार भनेर भनिन्छ । यसै पर्वलाई मुख्य पर्वको रुपमा लिई नयां बर्षको अघि या पछि जागरणका निमित्त गरिएको यस कार्यक्रमलाई ल्होछार मेला भनेर भनिन्छ भनेर ल्होछारको विषयमा प्रष्टाउनु भएको थियो ।
कार्यक्रममा स्थानिय समाजसेविहरु मछिन्द्र कुमार लामा, माधव बहादुर वाईवा, स्थानिय कलाकार जिना लामा, प्रहरि चौकि प्रमुख श्री हित बहादुर कटुवाल र वडा अध्यक्ष श्री भगवान घिमिरे ज्यु लाई सम्मान गरिएको थियो

कार्यक्रमको आकर्षक पक्ष नेपाल आईडल गाएक बुद्ध लामा, साउथ एसिएन स्टार आशुसेन लामा, राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु संजिव वाईवा, पुर्णिमा लामा, विशाल काल्तान, जितु लोप्चन, हावा लामा, मदन घलान लगाएको गायककारहरुको बेजोडको प्रस्तुति रहेको थियो । हास्य कलाकार भगवान खत्रि, मिस तामाङ्गका प्रतियोगि वेथानचोक ६ का चेलि सफलता तामाङ्गको नृत्य र स्थानिय कलाकारहरुको नृत्यले दर्शकलाई सांझको ८ः३० बजे सम्म भव्य मनोरन्जन प्रदान गरेको थियो ।
वेथान्चोक गाउंपालिका स्तरिय नृत्य प्रतियोगिता पनि गरिएको उक्त कार्यक्रममा वडा नं ४ का प्रतियोगिहरु प्रथम र वडा नं २ का प्रतियोगिहरुले द्धितिय स्थान हासिल गरेका थिय । कार्यक्रममा वेथानचोक गाउंपालिका भरिका करिब २५०० दर्शकहरुको उपस्थिति थियो ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश