प्लटिङबारे समयमै नसाेचे ठूलो खतरा : सांसद सुवाल

  •   काभ्रे
  •   २ चैत्र २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

प्लटिङबारे समयमै नसाेचे ठूलो खतरा : सांसद सुवाल

अमर कृष्ण चन्द

भक्तपुर, नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघिय सांसद प्रेम सुवालले अवैधानिक प्लटिङ बारे समयमै नसाेचे भविष्यमा ठूलाे समस्या निम्तने बताए ।

साईनिङ ई सेकेण्डरी स्कुलको २९ औं बार्षिकोत्सवमा प्रमुख अतिथि बन्न पुगेका सांसद सुवालले कार्यक्रममा सम्बाेधन गर्ने क्रममा उक्त विषयबारे बाेल्दै प्लटिङ भविष्यमा ठूलो खतरा बन्ने बताएका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको पकुनेपाटीस्थित सो स्कुलको २९ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न भएको हो ।

सुवालले समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै चाँगुनारायण नगरपालिकामा भइरहेको व्यथितिविरुद्ध जनताले आवाज उठाउनृुपर्ने धारणा राखे । नगरपालिका भित्र भइरहेका अवैध जग्गा प्लटिङले भविष्यमा समस्या ल्याउनेतर्फ चाँगुनारायण नगरपालिकाका जनप्रतिनीधिले नसोच्नु अाश्चर्यजनक रहेको बताए । यहाँका जनप्रतिनिधि यस विषयमा शंकास्पद भएको बताउँदै ती प्लानिङ स्वीकृतिका लागि जनप्रतिनीधिले आर्थिक लाभ लिएको चर्चा चलेको समेत बताए ।

विद्यार्थीहरुलाई व्यवहारिक बनाउनका लागि शिक्षकहरुले भूमिका खेल्नुपर्ने र अभिभावकहरुले पनि सन्तानको भविष्यका लागि समय छुट्याउनुपर्ने सुवालले बताए ।

कार्यक्रममा कार्यक्रममा क्वालिटी स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनका केन्द्रीय सदस्य जिबी खड्का, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले कोभिड महामारीको कारण विद्यार्थीहरुमा पठनपाठनप्रति कम चासो हुन थालेकोले विद्यालयले अभिभावक शिक्षा कार्यक्रम राख्नुपर्ने र अभिभावकले पनि विद्यार्थीको पठनपाठनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सो विद्यालयबाट एसइइ २०७५, २०७६ र २०७७ ब्याचका विद्यार्थीलाई सम्मान तथा विद्यालयका कक्षागत रुपमा उत्कृष्ट भएकालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक विक्रम ढुकुछुले विद्यालयको प्रगति विवरणसहित भावी कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नेमकिपाका भक्तपुर अध्यक्ष न्हुच्छेभक्त फाेँजु,राम दुवाल लगायतले मन्तव्य राखेका थिए भने विभिन्न विद्यालयका प्रतिनीधिहरुले विद्यालयको सफलताको शुभकामना दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोँजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले अाकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रिन्सिपल लक्ष्मी खताखाेले विद्यालयले काेभिडकाे कहर बिचमा समेत विद्यार्थीहरुकाे भविष्यलाई ख्याल गरि गुणस्तरीय शिक्षामा जाेड दिदै अाएकाे बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *