
ललितपुर जावलाखेल सदर चिडियाखानाकाे उत्तर तिरकाे पर्खाल आडमा दुई तिर साइनबाेर्ड जस्तो तारजालीका दुई वटा भागमा सयौं ताल्चाहरु झुन्डिएका छन् ।त्यहाँ पुग्ने जाे कसैलाई पनि सुरुमा किन यति धेरै ताल्चा झुन्डिएका हाेलान भनेर अनाैठाे जिज्ञासा लाग्न सक्छ ।ती ताल्चा झुन्डिएको नजिकै सानो एउटा मन्दिर पनि छ ।मन्दिर दर्शन सँगै केटा र केटीको नाम लेखेका सयौं ताल्चाहरु लस्करै झुन्डिएका दृश्य छन् ।ती ठाउँमा यसरी ताल्चा झुन्डिन थालेको धेरै भएको छैन ।

ताल्चा झुन्डाउनुकाे महत्त्व
माया दुई अक्षरले बनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि मायामा बाँचिरहेका हुन्छन् । भनिन्छ, माया जाने अमृत हो नजाने विष हो ।यस्तै यस्तै मायाको परिवेशमा एउटा इतिहास राख्न जावलाखेलमा नयाँ चलन सुरु गरिएको रहेछ ।जावलाखेलमा कसम खाएर मायाको गाँठो कसिलो बनाउन अचेल प्रेम जाेडिहरु एउटा ताल्चा बाेकेर त्यहाँ पुग्छन् ।अनि प्रेम प्रेमीकाे नाम लेखेर एउटा ताल्चा झुन्डाएर हिड्छन ।
ताल्चालक गरेपछि ताल्चाकाे साचाे भने कतै नदिमा वा नभेटिने ठाउँमा फाल्नुपर्ने हुन्छ ।हाम्रो माया यहि ताल्चा लागेसरी प्रिय भयो ,अब कहिले माया छुट्ने छैन ,याे ताल्चा खुले सरि नराम्रो गर्न खुल्ने छैन भन्ने वाचा गरेर ताल्चा लगाएपछि साँचो फाल्नुपर्ने हुन्छ ।यद्यपि प्रेमी प्रेमी मात्रै नभई विवाहित जाेडिले पनि उक्त ठाउँमा एवम् बाचा सहित विभिन्न अवसरमा (वैवाहिक वर्ष गाँठ,जन्म दिन ) ताल्चा झुन्डाउन पाइने छ ।
माया अथवा प्रेम विभिन्न प्रकारका उपमाहरुसँग जोडिन्छ जस्तो संसार अथवा जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, सन्तानलाई गरिने माया इत्यादि ।यहि मायालाई कसम खाएर ताल्चा लगाउदा प्रेम सफल हुन्छ र मायाकाे गाँठाे अझ कसिलो हुन्छ भन्ने मान्यता बढ्दै गएकाे छ ।त्यहि कारणले पनि मन्दिरकाे नजिकै यस्तो व्यवस्था गरिएको हाे ।
परिकल्पनाकार अबधेश बिष्ट
अवधेश विष्ट जावलाखेलका पुरा स्थानीयबासी ,पेशाले नेपाल प्रहरीका डिएसपी ।लभलक (प्रेमकाे गाँठो ) परिकल्पना मात्रै हाेइन यसको स्थापना समेत उनै विष्टले गरे । अबधेशका बुवा दिवाकर बिष्टकाे निधन भएको १४ वर्ष पुरा भयो ।उक्त ठाउँमा अबधेशले प्रेमकाे ताल्चा लक गर्ने ठाउँ स्थापना गर्नुमा उनका बुवा दिवाकर सँग जाेडिएका केही आध्यात्मिक संयाेग पनि छन् ।बुवा दिवाकरले स्थापना गरेको महालक्ष्मीस्थान मन्दिर छ ।उक्त मन्दिर स्थापना गरेको ठाउँमा मानिसहरुले फाेहर थुपार्ने गर्थें ।याे कुराले दिवाकर नराम्रो लाग्थ्यो ,उनलेे मानिसहरुले फाेहर नफाल्नकाे लागि दिवाकरले मन्दिर बनाए ।तर अपसाेच मन्दिरमा मुर्ति प्रतिस्थापन गरेको भाेलीपल्ट दिवाकर बिरामी परे, उपचार गर्दागर्दै निधन भयो ।फाेहर फाल्ने ठाउँलाई पवित्र बनाउन दिवाकरले उक्त मन्दिर बनाएका थिए ।त्यहि मन्दिर नजिकै छाेरा अबधेशले अहिले हजारौं प्रेम जाेडिकाे बाँचा कसमकाे संगम स्थल बनाए ।उक्त ठाउँमा दैनिक मानिसहरुकाे भिडभाड हुन्छ ।सुरुमा अबधेशले आफ्नो र श्रीमती सीता बिष्ट(अमृता) काे नाममा A+S लेखेर यहाँ राखेका थिए ।त्यसपछि प्रचारप्रसार नगरेरै पनि मानिसहरु त्यहाँ पुग्न थाले ।
सायद नेपालकाे अरु ठाउँमा यस्तो स्थान छैन ,याे नै पहिलो प्रेमलक हाे अबधेश भन्छन् ।यहाँको विस्तारै प्रचारप्रसार हुदै छ,यसको महत्त्व बढ्छ उनी भन्छन् ।यसको सिकाे अरु ठाउँमा पनि हुने सुनेको छु,धेरै ठाउँमा एउटै प्रकृतिको काम कपि गर्नु त्यति महत्त्व नहुने उनी बताउँछन् ।हुन पनि विभिन्न देशमा प्रेमकाे प्रतिककाे रुपमा एक ठाउँमा यस्तै ठाउँहरु रहेका हुन्छन् । यस्तो कार्यलाई थापा पर्यटन प्रवर्द्धन सँग पनि जाेडछन ।त्यहाँ थापाले आफ्नै लगानीमा सबै पुर्वाधार बनाएका हुन ।

कसरी जाने त प्रेमकाे ताल्चा झुन्डाउन
जावलाखेल पुगेपछि ललितपुर प्रहरी परिसरकाे छेउ हुदै सिधै अगाडि बढ्नु पर्छ ।जहाँ चिडियाखानाकाे पर्खाल छ ।त्यहीँ पर्खालकाे छेउ हुदै अलिकति अगाडि बढेपछि नजिकै एउटा सानाे मन्दिर छ ,त्यहि मन्दिर सँगै देखिन्छन् सयौं झुन्डिएका ताल्चाहरु ।