प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न बागमती प्रदेश प्रहरी तालिम केन्द्र
बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुली दुधौलीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा तालिम केन्द्रमा संचालन भएको २ कार्य दिन अवधिको प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्र.व.उ. भण्डारीले बोल्दै यस प्रकारको तालिमले निकट भविष्यमा संचालन हुने प्रहरी जवान आधारभूत तालिममा समेत सहयोग पुग्ने कुरा उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्राथमिक उपचार सम्बन्धी ज्ञान हुनु पर्ने कुरा उल्लेख गर्नु भयो ।
उक्त अनुशिक्षण तालिमलाइ तालिम केन्द्रमा कार्यरत प्रा.प्र.नि. डा. कैलाश कुमार बलले सहजिकरण गर्दै प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिंदै प्रयोगात्मक अभ्यास समेत गराउनु भएको थियो भने तालिममा यस केन्द्रमा कार्यरत रहेका ७० जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका थिए ।
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ