
प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित व्यवसायीक, सिपविकास तथा अवकाश पछिको कार्य-योजनासंग सम्बन्धित “House Wiring” तालिम गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालको प्रमुख आतिथ्यतामा समापन भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङ्जा बिच भएको “कार्य सम्पादन सम्झौता-२०७७” को नवप्रर्वतनात्मक कार्य अन्तर्गत उक्त तालिमको आयोजना गरि सम्पन्न गरिएको हो ।
प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी विद्युतीय कार्यको सिप बिकास, कार्यालयको मर्मत सम्भार तथा नेपाल प्रहरीमा लामो समयसम्म सेवा गरी अवकाश पश्चातको जिवनलाई सिपमुलक तथा आर्थिक अवस्था सहज गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतमा कार्यरत २० जना र २ जना भूतपूर्व प्रहरी कर्मचारी गरी २२ जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तालिम सफलतापूर्वक समापन गरेका प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना सहित प्रमाण पत्र प्रदान गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले तालिममा सिकेका सिपहरुलाई सेवाकालिन अवधि साथसाथै अवकास प्राप्त जिवनमा समेत आर्थीक उपार्जनको बलियो आधार बनाउनसके तालिमको सार्थकता स्थापीत हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले उक्त सिपमुलक तालिमको आयोजना गरी प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि जिल्ला घरेलु तथा साना उद्योग कार्यालय स्याङजाले गरेको आर्थिक तथा प्राविधिक सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत थप कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
गत फागुन १६ गतेदेखी सुरु भएको ४५ दिन कार्यावधीको उक्त तालिम घरेलु उद्योग स्याङजाका प्रमुख ईश्वरी पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।