प्रहरी सेवा प्रवाहका विषयमा अमुल्य निति निर्देशन /नायव महानिरिक्षक अर्याल

  •   काभ्रे
  •   २६ कार्तिक २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा अमुल्य निति निर्देशन समेत गर्नुभएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायीक प्रहरी सेवा प्रवाह लगायत समसामयिक विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुले विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमणलाई फैलन नदिन जिल्ला अन्तर्गत गरिरहका विभिन्न गतिविधिहरु, कार्यान्वयन साथै जिल्लाहरुको वर्तमान अवस्था र प्रहरी परिचालनका विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्न उक्त स्थलगत अवलोनक एवं निरीक्षक गरिएको हो ।

निरीक्षणको शिलसिलामा जिल्ला प्रहरी कार्यलय लमजुङ पुग्नु भएका प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्ना शाखाहरु, मेस, ब्यारेक लगायत अन्य स्रोत साधनहरुको निरीक्षण गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा थापाले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाईरसकााे संक्रमण फैलन नदिन जिल्ला अन्तर्गत प्रहरीले गरिरहेका विविध गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले संक्रमणको जोखिम नेपालमा पनि बढिरहेकाले आफू सुरक्षित रहि आम नागरिकलाई यसको संक्रमणबाट बचाउन दिएको जिम्मेवारी उच्च सतर्कता र संवेदनशिलताका साथ निर्वाह गर्न गराउन निर्दैशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *