
महानगरीय प्रहरी वृत्त किर्तिपुर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक रुकेश तन्डुकर सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले कदर पत्र प्रदान गरेका हुन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी अग्रणी भूमिका वहन गरेका प्रहरी कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।तथा चैत , वैशाख र जेष्ठ महिनामा उत्कृष्ट भएका प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान वितरण गरिएको हाे ।
महानगरीय प्रहरी परिसर ,काठामाण्डौमा कार्यरत तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षा व्यवस्थापन तथा नागरीकको जिउधन र स्वतन्त्रताको रक्षा , अपराध नियन्त्रण लगायतका कार्यहरूमा उत्कृष्ट कार्य गरेकोले सम्मान तथा पुरस्कृत गरिएको हाे ।
यसैबिच महानगरीय प्रहरी वृत्त किर्तिपुर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक रुकेश तन्डुकर सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बस्नेतलाई कदर पत्र प्रदान गरेका हुन् ।
कानूनद्वारा निर्दिष्ट जिम्मेवारीको प्रभावकारी कार्यान्वयन तथा लगनशिल भई ईमानदारीपूर्वक दोस्रो भेरियण्ट सहितको विश्वव्यापी महामारी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी अग्रणी भूमिका निर्वाह गरेकाले उनलाई सम्मान गरिएकाे हाे ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
प्रंशसनिय र उत्कृष्ट काम गरेका अन्य प्रहरी कर्मचारीहरू तथा चैत,वैशाख र जेष्ठ महिनामा उत्कृष्ट काम गरेका प्रहरी कर्मचारीहरूलाई महानगरीय प्रहरी परिसरका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सम्मान तथा पुरस्कृत गरेका थिए ।