
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आतिथ्यतामा कमाण्डो तालिम सम्पन्न ।
प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा, नवलपरासीमा प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम छैटौं समुहको समापन कार्यक्रको नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा समापन भयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूले बिषम परिस्थितिमा पनि सहजताका साथ कार्य सम्पादन गर्न गराउन यस प्रकारको शारीरिक परिश्रमको तालिम अत्यन्त फलदायी हुने र भविष्यमा आफ्नो कर्तव्य पालना गर्दा कदापी खुट्टा कमाउने कार्य नगर्न निर्देशन दिनु भएको थियो । कार्यक्रममा महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी विशेष कला तथा कारवाही प्रशिक्षार्थीहरुले प्रदर्शन गर्नु भएको डेमो अवलोकन गर्नुका साथै दिक्षित भई जाने प्रशिक्षार्थीहरुलाई कमाण्डो व्याज समेत सुशोभन गरीदिनु भएको थियो ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।