प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान(फाेटाे सहित)

  •   काभ्रे
  •   २२ श्रावण २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

एसएसपी जनक भट्टराईले प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गर्नु भएको छ ।

ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारवाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारि निर्वाह गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई एसएसपी जनक भट्टराईले आज एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गर्नु भएको हो ।

सम्मानित हुनेहरु मध्ये ९ जना ट्राफिक प्रहरीलाई नगद सहित वृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कारप्रदान गरिएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरिएको छ । यस्तो कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ ।

ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउदै आएको एसएसपी भट्टराईले प्रष्ट पारे । त्यस्ता खराब प्रबृत्ति बोकेका, घुस दिन खोज्ने चालकहरुलाई दैनिक जसो पक्राउ गर्दै आएको छ, त्यस्ता चालकहरुलाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै कडाईको साथ लग्दै जाने समेत बताए ।

उनले संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उच्चमा पुर्‍याउन बफादार एवं निष्ठावाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *