
महानगरीय प्रहरी वृत सिंहदरबार काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक वेद बहादुर पौडेल महिनाकाे उत्कृष्ट प्रहरी घाेषित भएका छन ।

नेपाल प्रहरीको विभागिय मुल्य-मान्यता आदेश- निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरीअपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पुर्याउनुका साथै काठमाडौं जिल्लामा बिभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए
आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरि निरन्तर खटिई शान्ति सुरक्षा एवं अमन चयन कायम राखि अपराधिक गतिविधिहरु हुन नदिई उत्कृष्ट ढंगले कार्य सम्पादन गरिरहेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न प्रहरी निरिक्षक वेद बहादुर पाैडेललाई २०७७ साल फागुन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH घोषणा गरि प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहले प्रशंसा पत्र प्रदान गर्नु भएको छ ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न