
ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर दाहाल बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै लागु औषध, बैङकिङ कसुर मुद्धामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रमहरु मार्फत आम नागरिकमा सचेतना फैलाई सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुर दरवन्दी भई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर दाहाललाई निजले गरेको कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल बैशाख “महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरिएको छ ।