
प्रहरी नायब निरीक्षक (सई) सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका छन।

काठमाण्डौ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाण्डौ दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
कार्यालयले सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक एबम प्रशसनिय ढङ्गबाट सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरेको हो । बानियाँले म्यादी प्रहरीहरूको प्रशिक्षकको रुपमा खटिई प्रशिक्षण प्रदान गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको, फरार अपराधीको पहिचान गरी पक्राउ गर्न सफल भएको लगाएत ६७ औं प्रहरी दिवस २०७९” अबसरमा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए
प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवम् थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यालयले उनको कामको कदर गर्दै “बेस्ट पोलिस अफ द मन्थ” घोषणा गरेको हो ।