प्रहरी नायब निरीक्षक संजेल महिनाको उत्कृष्ठ प्रहरी घाेषित

  •   काभ्रे
  •   २ चैत्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले लागू औषध अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएका प्रहरी नायब निरीक्षक बालकृष्ण संजेललाई “२०७७ साल फागुन महिनाको उत्कृष्ठ प्रहरी (BEST POLICE OF THE MONTH” घोषणा गरी प्रशंसा पत्र प्रधान गर्नुभएकाे छ ।

प्रहरी प्रधान कार्यलय विशेष ब्यूरो दरबन्दी भई हाल लागू औषध नियन्त्रण ब्यूरो,कोटेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक बालकृष्ण संजेलले नेपाल प्रहरीको विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पुर्‍याउनुका साथै बिभिन्न लागू औषध अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरी आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी बिभागले “२०७७ साल फागुन महिनाको उत्कृष्ठ प्रशिक्षक (BEST POLICE OF THE MONTH” घोषणा गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published.