प्रहरी अस्पतालकाेे डा.रमा विष्टकाे विधाई तथा डा.कैलेश कुमार बलकाे स्वागत कार्यक्रम :-ईश्वर दुलाल

  •   काभ्रे
  •   २ असार २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं

ईश्वर दुलाल

नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाण्डौबाट बागमती तालिम केन्द्रमा काज खटिई मिति २०७६।०८।०९ गते बागमती तालिम केन्द्रमा हाजिर हुनु भई तालिम केन्द्रको MI ROOM को जिम्मेवारीमा कार्यरत रहेका प्रा.प्र.नि. डा. रमा बिष्ट बिदाई तथा निजको बदलामा हाजिर हुन आउनु भएका प्रा.प्र.नि. डा. कैलाश कुमार बलको स्वागत कार्यक्रम बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीका समादेशक प्र.व.उ. सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा एक समारोहका बीच सम्पन्न भयो/


कार्यक्रममा बोल्दै प्र.व.उ. भण्डारीले बिदा भई जान लाग्नु भएका प्रा.प्र.नि. डा. रमा बिष्टले पदीय दायित्व तथा कर्तब्यप्रति सिर्जनसिल एवं ईमान्दार रही प्रतिकूल परिस्थितिमा समेत अबिचलित एवं संयमित भई उत्साहपुर्वक यस केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुलाई उत्कृष्ट रुपले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै निष्पक्ष, पारदर्शी भर्ना छनौट, दक्ष जनशक्ति उत्पादन, हाल विश्वभर फैलिएको कोरोना भाईरस कोभिड-१९को संक्रमणबाट बच्न तथा बचाउन अपनाउनु पर्ने उपायहरु सम्बन्धी र सर्प दंश तथा अन्य विषालु जीवहरुको टोकाइबाट हुन सक्ने खतरा र बच्ने उपायहरुको बारेमा बिभिन्न किसिमका सचेतनामूलक कार्यक्रम संचालन गर्न सहयोग गरी महत्वपूर्ण योगदान पुर्याउउनु भएकोमा प्रंशसा-पत्र समेत प्रदान गर्नु भएको थियो । साथै प्रा.प्र.नि. डा. रमा बिष्टबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरी पुरस्कृत समेत गरिएको थियो ।


प्र.व.उ. भण्डारीले विदा भई जान लाग्नु भएका प्रा.प्र.नि. डा. रमा बिष्टलाई आगामी दिनहरुमा समेत सफल कार्य कालको शुभकामना व्यक्त गर्नुका साथै योग्य, इमान्दार, व्यवसायिक र असल मान्छेको सँधै कदर हुने कुरा उल्लेख गर्दै हाजिर हुन आउनु भएका प्रा.प्र.नि. डा. कैलाश कुमार बलबाट समेत उत्साहपूर्वक लगनशिलताका साथ कार्य सम्पादन हुने कुरामा विश्वास गर्दै शुभकामना दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *