प्रहरीमा हजुरको कार्याकाल एक मिसायल बनोस :-ईश्वर दुलाल

  •   काभ्रे
  •   २७ असार २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाल प्रहरीमा हजुरको कार्याकाल एक उदाहरणीय मिसायल बनोस्  शुभकामना सर
                

विसं २०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका-५ मा जन्मनु भएका   महानिरीक्षक शैलेश थापा क्षेत्री मिजासिलाे र नरम व्यक्तित्वमा परिचित हुनुहुन्छ ।प्रहरी सेवामा कार्यरत परिवारका छाेरा छाेरी विरलै  मात्रामा प्रहरीकाे ठुलाे अाेदामा पुगेका हुन्छन तर नवयुक्त अाईजीपी शैलेन्द्र थापाकाे कुरामा अलि फरक प्रिस्टभुमि रहेकाे छ  उनी  नेपाल प्रहरीको पुर्ब डिआइजि  शंभु थापाका छाेरा हुनुहुन्छ ।  २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नुभएको   महानिरीक्षक थापा क्षेत्री २०५८ फागुन १० गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक,२०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो  र २०७७ साल असार २२ गते महारिक्षकमा पद्धाेनती हुनु भयाे ।

पुर्ब डिआइजि  शंभु थापाले जसरी नेपाल प्रहरीमा इमान्दारीताको छाप  दीएर जानु भएको थियो  त्यस्तै ऐतीहासिक परीचयलाइ तंपाइले पनी जीबन्त राख्नहुने छ भन्ने आशमा छाै।
                         
नेपाल प्रहरीले हाेनहार  २८ औं आइजीपी  शैलेश थापा क्षेत्रीलाई पाएको छ सायद  इतीहासकै  कमै हाेला कुनै पनि राजनितीक क्षेत्रमा नलागि निस्वार्थ सेवामा समर्पित  इमान्दार शालिन व्यक्ति । प्रहरीको जागीरमा क़रीब २७ बर्ष इमान्दार रहन सक्नु आफैमा एउटा अदभुत विशेषता र योग्यता हो । उच्च प्रहरी अधिकृतहरुमा इमान्दारीताको खडेरी पर्दै गएको अबस्थामा प्रहरी संगठनले इमान्दार प्रहरी प्रमुख पाउनु संगठनका लागी मात्र होइन देस र जनताका लागी पनि हदै सम्मको शुखद समाचार हो। म यस अर्थमा शैलेश सरलाई  बधाइ भन्न चाहान्छु ।


राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका पर महानिरीक्षक थापा क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसिप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्राम लगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ ।  दुर्गम सेवा पदक, दैवीप्रकोप पिडीतोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा  दर्जनौं नगद पुरस्कार प्राप्त गर्नुको  साथै विभिन्न प्रशंसापत्र एवम् कदरपत्रद्वारा सम्मानित हुनुभएको छ ।

मलाइ लाग्छ शैलेश सरकाे आगमन संगै धेरै बर्ष पछी नेपाल प्रहरीका समग्र बहाल तथा पुर्ब सकल दर्जाले आइजीपीको इमान्दारीकामा गर्ब गर्न पाउने छन् । अब ऑखामा ऑखा जुधाएर सबैलाइ भन्न सक्नेछन् की “ मेरो आइजीपी इमान्दार छन्”। शैलेश सरको २७ बर्षको ईमानदारीता, त्याग र तपस्याको परीणाम हो जस्को स्वाद सबै प्रहरीहरुले चाख्न पाउने छन् । शैलेश सर स्वघोसीत वा भाषण र चाटुककारका कारण इमान्दार कहलीएका नभई  सॉच्ची इमान्दार छन् ।  भाेलिका दिनमा संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहने अपेक्षामा अाम नेपाली जनता छाै ।एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगीकाे आवश्यकता हुन्छ त्याे निश्चय पनि सिंगाे प्रहरी टिम र जनताले साथ दिने छन


म ईश्वर
दुलालकाेआईजीपि शैलेश सरलाई शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *