प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठकाे सञ्चारकर्मीसंग भिडियो कन्फरेन्स

  •   काभ्रे
  •   १६ असार २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं

जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यलय प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ ज्यूले भिडियो कन्फरेन्स मार्फत कास्की जिल्लामा कार्यरत संचारकर्मी ज्यूहरुसंग परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।

काेभिड -१९ काेराेना महामारीले गर्दा सामाजिक दुरी कायम राख्नु पर्ने हुँदा  कार्यालयको सभाहलबाट भिडियो कन्फरेन्स मार्फत अन्दाजी २५/३० जनाको सहभागितामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी जिल्ला प्रहरी कार्यालय कास्कीको प्राथमिकतामा परेका बिषयहरुको सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

प्राथमिकताहरु :


• छिटो छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह ।
• जिल्लामा भरपर्दो शान्ति सुरक्षाको व्यवस्थापनको लागि उपलव्ध श्रोत साधनहरुको उच्चतम परिचालन ।
• कानून विपरितका कार्य गर्ने उपर कठोरतापूर्वक कानूनी कारवाही ।
• व्यवसायिक तथा प्रमाणमुखी अपराध अनुसन्धान र अपराध नियन्त्रण तथा अनुसन्धानको लागि प्रविधिको उच्चतम प्रयोग ।
• लागू औषध, चोरी, जुवातास, गुण्डागर्दी लगायत आर्थिक अपराध नियन्त्रणमा सक्रियता ।
• महिला बालबालिका तथा जेष्ठ नागरीकहरुको समस्या प्रति संवेदनशील भई सुनुवाई गरिने ।
• पेन्डिङ्ग मुद्दाहरुको अनुसन्धानलाई निरन्तरता ।
• मानव अधिकारको संरक्षण तथा सम्वर्दनमा जोड ।
• विकास निर्माण र व्यापार व्यवसायको प्रवर्दनको लागि भय रहित सुरक्षित वातावरणको सिर्जना ।
• सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागी जनशक्ती परिचालन ।
• प्राकृतिक श्रोत साधनको संरक्षणको लागि सम्वद्व निकायहरुसंग समन्वय ।
• काेभिड १९ महामारी संक्रमण रोकथाम तथा नियन्त्रण लगायत विपद व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन तथा लकडाउन कार्यान्वयन ।


• प्रहरी कर्मचारीको बोली वचन, व्यवहार, व्यवसायिकता र निष्ठामा उत्कृष्टता ।
• पर्यटनमैत्री वातावरणको लागि समन्वय तथा प्रभावकारी परिचालन ।
• स्थानिय निकाय तथा अन्य संघसंस्थासंग समन्वय र सहकार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *