काठमाडौं
सिमा सुरक्षा तथा प्राकृतिक प्रकोप सम्बन्धमा भिडियो कन्फ्रेन्स मार्फत भारत अररिया जिल्लाका DM प्रशान्त तथा मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मदन भुजेलज्यूसँग अन्तरक्रिया तथा छलफल गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काज्यू ।

प्रहरी उपरीक्षक सन्तोष खड्का ज्युले देश र जनताप्रतिको कर्तव्य बोधमा कहिल्यै पनि विचलित नभई आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै जस्तोसुकै चुनौति एवम् विषम परिस्थितिमा पनि प्रहरी कर्मचारीहरुले आवश्यक संयमता अपनाई राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह हुने विश्वास लिएको र सोही अनुरुप परिचालित हुनुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीहरु जहिले पनि व्यवसायिक निष्ठा र कर्तव्यबोधमा केन्द्रीत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सृजना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै आगामी दिनहरुमा थप अग्रसरता, संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।