प्रथम स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ असाेजमा हुने

  •   काभ्रे
  •   २४ भाद्र २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

प्रथम स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना हुने
काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गरिने भएको भएको छ । आज बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम हुने घोषणा गरिएको हो ।

अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला रहनेछ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक,कलाकार,प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिनेछ ।

अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेण्ट अवार्डद्धारा सम्मान गरिने आयोजक टिमले जनाएको छ । कोरोना महामारीले सुस्ताएको गीत संगीत र त्यससँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान,हौसला,प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका व्यक्तीहरुलाई सम्मान गरिने बताए ।

अवार्डमा २०७७-०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखी हाल सम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । फारक दर्ता शुल्क एक हजार रुपैया लाग्ने र एस एम एस भोटिङ्बाट आएको अंकलाई ५०% र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ ।

आयोजक टिमले आवेदनको लागि ९८५११४७३८६, ९८४१६१७९९७६ र ९८६९२०७५१८ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन ।

अवार्ड कार्यक्रम भने २०७८ असोज १६ गते समापन गरिने आयोजक टिमले बताए । कार्यक्रममा प्रमुख आतिथ्यताको रुपमा सम्बोधन गर्दै निर्देशक सोम कुस्कुमाझीले चलचित्र र सांगीतिक क्षेत्रलाई प्रोत्साहन गर्न अवार्ड आयोजना गर्नु राम्रो कार्य रहेको बताए । कार्यक्रममा कलाकार,पत्रकार एंव विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईलि ‘अभिव्यक्ती’ले निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *