सिन्धुपाल्चोक असार २५ गते
प्रत्येक बर्षको प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई ठूलो मानवीय एवं भौतिक क्षति ब्यहोर्न बिबश बनाएको छ ।

अविरल बर्षासँगै उर्लिएको खहरे खोलाले अरनिको राजमार्गको दुई बस्तीका १६ घर बगाएको छ। घरसँगै कम्तीमा २३ जना बेपत्ता भएका छन् भने दुई जनाको शव भेटिएको छ।
बाह्रबिसे नगरपालिकाको जम्बू र भोटेकोशी गाउँपालिकाको बुकोटे बस्तीका घर खहरे खोलाले बगाएको हो। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जम्बु बजारका १४ घर बगेको बताए। उनकाअनुसार त्यहाँ कम्तीमा १९ जना बेपत्ता भएका छन्। त्यहीँ दुई जनाको शव भेटिएको हो।
अबिरल वर्षासँगै मध्य राति भोटेकोशी नदी र स्थानीय खहरे खाेल्सा उर्लिन थालेका थिए। बाढी र पहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध हुँदा उद्धार कार्यमा समस्या निम्तिएको प्रजिअ ढकालले बताए। राति नै घटना बारे जानकारी पाए पनि सुरक्षाकर्मी जान सकेनन्।
गएराती १ बजेतिर उर्लिएको खहरेले खोल्साले बस्ती बगाएको हो। सोही समयमा भोटेकोशीको बुलकुटे बस्तीका दुई घर समेत बगाएको छ।
त्यहाँ चार जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए। उनका अनुसार दुई बालबालिका घाइते छ्न्। उनीहरुलाई हेलिकप्टरुबाट उद्धार गरेर उपचारका लागि काठमाडौं लैजाने प्रयास भैरहेको छ।
भिडियाे यहाँ हेर्नुहाेला
बिहानीपख भने हिडेरै सुरक्षाकर्मी घटनास्थलतर्फ गैरहेको ढकालले बताए। उनकाअनसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।