
१३ चैत, काठमाडौं ।
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, पूर्व मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्र राज जोशीको निधन भएकाे छ ।एक महिना अघि देखि मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।
काठमाडौँ क्षेत्र नं. ८बाट निर्वाचित नेपाली कांग्रेसका सभासद नवीन्द्रराज जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर हुनुहुन्थ्यो । २०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिएका ४२ वर्षीय जोशीले नेपाल विद्यार्थी सङ्घको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालिसक्नुभएको छ। हाल नेपाली काङ्ग्रेस, काठमाडौँ जिल्ला सदस्य रहेका जोशी राजनीतिक यात्राका क्रममा पटकपटक पक्राउ परी हिरासतमा रहिसक्नुभएको थियाे।
त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. गरेका सभासद जोशीका राजनीतिक लेख रचना पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। कुशल सङ्गठनकर्ता र वक्ताका रूपमा परिचित जोशी सामाजिक हितका कार्यमा विशेष रुचि राख्नुहुन्थ्याे। उहाँ गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष समेत हुनुहुन्थ्याे।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया