
पुष्पा धमलाको गजल संग्रह ‘पुष्पहार’ विमोचन
काठमाडौं । साहित्यकार पुष्पा धमलाको गजल संग्रह ‘पुष्पहार’ विमोचन भएको छ । राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार एक कार्यक्रममा बीच पुस्तक विमोचन गरिएको हो ।
हातेमालो साहित्य संगलद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन भएको हो । साहित्य क्षेत्रमा निकै रुचि राख्ने धमला ओखलढुंगा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी छिन् । उनले यसअघि पनि विभिन्न साहित्यिक कृतिहरु विभिन्न माध्यमबाट बजारमा ल्याउने गरेकी छिन् ।
विमोचन कार्यक्रममा धमलाले आफ्नो यो पुस्तकमा समावेश भएका गजलहरु सबैले मन पराइदिने आशा राखेको बताएकी छिन् । कार्यक्रममा उप्रेतीसहित अन्य विभिन्न साहित्यकारहरुको उपस्थित रहेको थियो ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया