पुर्व सञ्चारमन्त्री माथि विरूद्ध गरे स्थानियले प्रचारबाजी ! यदी कोरोना संक्रमण भयो भने को जबाफदेही हुने कार्बाही हामी जनतालाई मात्र की नेताहरुलाई पनि कार्बाही हुन्छ ?
बनेपा श्रावण ३१ गते
काभ्रेपलाञ्चाेक जिल्लाकाे नेकपाका केही नेताहरुले कोरोनाको महामारीका बीच सरकारको आदेश उलंघन गर्दै सभा र सभारोह गर्न थालेका छन् । नेकपा पनौती कमिटिले नगरपालिका वडा नं ११ स्थित बल्थलीमाअगुवा कार्यकर्ता भेला गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय काभ्रे, नेकपा जिल्ला कमिटि काभ्रे र पनौती नगरपालिका वडा नं ११ को सार्बजनिक सूचनालाई समेत अटेर गरी अगुवा कार्यकर्ता भेलाका नाममा सभा र समारोह गर्न थालेपछि स्थानीयबासीहरुमा त्रास बढेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, नेकपा काभ्रे र पनौती नगरपालिका वडा नं ११ ले सूचना जारी गरेर भेला, सेमिनार, गोष्ठी, बिबाह भोज नगर्न सम्पूणर्मा अनुरोध गर्दा पनि नेकपा पनौती कमिटीले आज सभा नै आयोजना गरेपछि स्थानीयबासीहरुमा त्रास बढाएको छ ।
कार्यक्रम नेपाल सरकारका पूर्ब सूचना तथा सञ्चारमन्त्री एबं नेकपाका केन्द्रिय सदस्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा आयोजना गरिनुले सरकार र पार्टीको समेत खिल्ली उडाएको स्थानीयबासीहरुको आरोप छ । सरकार सभा सम्मेलन, भेला नगर्न सर्बसाधाराणहरुलाई सूचित गर्छ तर पूर्ब मन्त्रि भइसकेका नेकपाका नेता नै लावालस्कर लाएर कार्यक्रम गर्छन\ यो के हो? उनीहरुले प्रश्न गर्दै भने कार्बाही हामी जनतालाई मात्र की नेताहरुलाई पनि कार्बाही हुन्छ ! यदी कोरोना संक्रमण भयो भने को जबाफदेही हुने उनीहरुले चिन्ता ब्यक्त गरे ।उता जनताको मतबाट निर्वाचित भएका वडाध्यक्षले समेत मेयर र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेर महामारी निम्तन सक्ने कार्यक्रम नगर्नुस् भनेर अनुरोध गर्दा समेत नगरपालिका र प्रमुख जिल्ला अधिकारीले ब्यवास्ता गरेको पनौती नगरपालिका वडा नं ११का वडाध्यक्ष तारामान लामाले बताए ।
पनौती नगरपालिका वडा नं ११ स्थित बल्थलीमा आयोजित कार्यक्रममा मन्त्रि बाँस्कोटाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । उनले बिभिन्न पार्टीबाट नेकपामा प्रबेश गर्नेहरुलाई खादा लगाएर स्वागत गरेका थिए ।
कार्यकर्ता भेलामा पूर्ब मन्त्रि गोकुल बास्कोटा, प्रदेश सांसद बसुन्धरा हुँमागाई , पनौती नगरपालिकाका नगर प्रमुख भीमप्रसाद न्यौपाने लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । हिजो मात्र पनौती नगरपालिका मेयर द्वारा हस्ताक्षरित अत्यावश्यक सेवा संचालन सम्बन्धी अत्यन्त जरुरी सुचना लाई मेयर आफैंले अवज्ञा गरेको गुनासो स्थानीयले गरेका छन्।
