पुर्व मन्त्रि तथा माननिय सभासद गोकुल बास्कोटालाई खुल्ला पत्र

माननीय गोकुल बांस्कोटा ज्यु
नमस्कार
आराम छु आराम चाहन्छु। म तपाईको निर्वाचन क्षेत्रको जनता भलै विचारका हिसाबले फरक होला। यो निर्वाचन क्षेत्रको बिकास र समृद्धि तपाईंको पहिलो जिम्मेवारी हो भने हाम्रो चाहना हो। हामिले आशालाग्दो नेता बाट आशा गर्नु हामिले गरेको अपराध नहोला भन्ने हाम्रो बुझाई छ । तपाई निर्वाचित भयपछि काभ्रेमा भयको बिकास निर्माणको बिषयमा जनतालाई जगजाहेर नै छ। तुलनात्मक हिसाबमा बिगतका दिनहरू भन्दा बिकासको मुलहरु फुटेको बिषयलाई कन्च्युसाई नगरि बोल्नु मेरो धर्म हो। माननिय ज्यु मेरो गाउँ र तपाईंको नगरको बिकास निर्माणको बिषयमा सुसुचित गर्नु मेरो पहिलो कर्तव्य हो। लेख्ने र शब्द चयन ठिकै गरेको जस्तो लाग्छ तथापी प्रतिपक्षको लेखाईलाई कडा भाषामा बुझ्नु तपाईंको कमजोरी हैन जो कोहिको मानविय स्वभाव हो। संसदिय निर्वाचनमा अत्याधिक बहुमत ले काभ्रे क्षेत्र नं २ बाट विजय प्राप्त गरिरहँदा नेपाली कांग्रेसको सिपाही मैले तपाई लाई मण्डनदेउपुर वडा नं २ को मेसाँगाउमा टिका र खादाले सम्मान गर्दै बधाई तथा शुभकामना र छिटै मन्त्री होस् भनेर कामना गरेको हिजो जस्तो लाग्छ। त्यसरी बधाई दिनु मेरो राजनीतिक धर्म र संस्कार पनि हो। जसलाई मैले पुरा गरेको मात्र हो । जब जब समस्या पर्छ आफ्नो क्षेत्रको माननीय लाई सामाजिक संजाल तथा प्रत्यक्ष भेटघाट गरेर जानाकारी गराउनु मेरो कमजोरी हो भने ठिकै छ अन्यथा सार्वजनिक कार्यक्रममा मेरा बिरूद्ध बिष बमन नगरेको भय पनि हुनेथियो मैले त्यसलाई अमृत को रूपमा लिएको छु। मैले सोचे माननीय ज्यु को ध्यानाकर्षण भयछ अब पक्कै हाम्रो समस्या समाधान हुन्छ होला भन्ने सोचेको थिएँ। तथापी हिजो बर्षातमा हिलो थियो, आज धुलो छ तर समस्या ज्यूँ का त्युँ छ। माननीय ज्यु हरेक बिषयलाई आग्रह र पूर्वाग्रहको रूपमा व्याख्या र बिश्लेषण नगरिदिनु हुनु अनुरोध गर्दछु। मेसा गाउँको बाटोको बिकासमा तपाईंको सफलता लुकेको छ । भोलिको दिनमा त्यहि बाटो प्रयोग कर्ताले पनि एकपटक हजुरलाई स्मरण गर्यो भने हजुरको आगामी निर्वाचनमा मत पक्कै बढ्ने छ घट्ने छैन यस बिषयमा हेक्का रहोस्। सिटामोल तितो हुन्छ तर ज्वरो निको हुन्छ माननीय ज्यु। हाम्रो आलोचनाले तपाईंको मानमर्दन भयको छैन बरू प्रचारप्रसार भयको महसुस भैरहेको छ । अतः मण्डनदेउपुर वडा नं २,१ ,५ हुँदै हिगुवापाटीको बाटोको स्तर उन्नति गरि सम्भव भयसम्म कालो पत्रे सम्मको योजना कार्यान्वयन होस्। अनि आगामी निर्वाचनमा मत परिणाम हेर्नुहोस्। हाम्रो हर सल्लाहा सुझाव लाई फुलको आंखाले हेरिदिन आग्रह गर्दछु।
हाम्रो गाउँको समृद्धि तपाईंको सफलता।
हस्त, धन्यवाद
जयनेपाल
तपाईंको क्षेत्रको नागरिक

नमराज घोरासैनी
मण्डनदेउपुर-२