पाेखरामा अवैध लागूऔषध सहित पक्राउ

  •   पाेखरा
  •   ११ भाद्र २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

पाेखरामा ठुलो मात्रामा लागूऔषध सहित विशाल घमाल पक्राउ परेकाे छन।

भाद्र ११ गते

पोखराको बिभिन्न स्थानमा अवैध रूपमा लागूऔषध बिक्रीबितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा विशाल घमाललाई प्रहरिले पक्राउ गरेकाे छ । जिल्ला कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको बिशेष टोलीले मिति २०७७।०५।११ गते .१०:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-११ तुल्सिमार्ग स्थित बिशाल घमालको घरकोठा खानतलासी गर्दा निजको कोठाबाट लागूऔषध गाँजा ३ के.जी.४०० ग्राम, चरेश ३०० ग्राम, टर्माडाेल -३०० क्याप्सुल र लागूऔषध तौल गर्ने मेसिन (weighing Machine) १ थान समेत फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कास्कीका प्रहरी उपरिक्षक जिवन श्रेष्ठले खबर न्युज नेपाललाई जानकारी गराउनु भएकाे छ ।

अभियुक्तको विवरण
•नाम : बिशाल घमाल 
•उमेर : २७ वर्ष
•ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं.- ११ तुल्सिमार्ग
•शैक्षिक योग्यता :-  १२ पास
•पेशा :- बेरोजगार (बैंकको पुर्व कर्मचारी)
•पक्राउ स्थान : जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं.-११ तुल्सिमार्ग
•पक्राउ मिति :-  मिति २०७७।०५।११ गते ।

निजलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत थप अनुसन्धान भईहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *