पार्वती एलुम्नाई एशोसिएशनकाे उच्च शिक्षा परामर्श कार्यक्रम भर्चुअल जुम आईडीबाट सम्पन्न

  •   काभ्रे
  •   ९ श्रावण २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

गुरु पुर्णिमाकाे अवसरमा पार्वती एलुम्नाई एशोसिएशन नेपाल, बेथानचोक-२, ढुंखर्क काभ्रेको आयोजनामा माध्यमिक तहका विद्यार्थीहरूका लागि उच्च शिक्षा परामर्श कार्यक्रम  भर्चुअल जुम आईडीबाट सम्पन्न  भएको छ ।

राष्ट्रिय स्तरमै विभिन्न क्षेत्रमा नेतृत्व गरिरहनुभएका र जिन्दगीमा सफल व्यक्तित्वहरू मार्फत परामर्श दिइएको हो । बेथानचोकबाट पहिलो विद्यावारिधी गर्ने युनेस्कोको नेपाल शिक्षा प्रमुख डा.बलराम तिमल्सिना, सरकारी सेवाको उच्च ओहोदामा पुग्नुहुने नेपाल सरकारका सह-सचीव तथा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे र पत्रकारिता क्षेत्रको सफल नाम, नेपाल आर्थिक पत्रकार समाज (SEJON) का अध्यक्ष तथा प्राध्यापक भीम गौतम लगायतले उच्च शिक्षा र सफल जीवनको सेरोफेरोमा रहेर परामर्श दिनुभएको हो ।

पार्वती एलुम्नाई एशोसिएशन नेपालका अध्यक्ष मिठाराम वाँस्तोलाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका उपाध्यक्ष पुरुषोत्तम तिमल्सिना, पार्वती मा.वि का प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा, खेलकुद पत्रकार प्रकाश तिमल्सिना, समाजसेवी मछिन्द्रकुमार लामा, जयराम तिमल्सिना लगायतले कार्यक्रमको विषयमा चर्चा गर्नुभएको थियो । बेथानचोक गाउँपालिका भरिका झण्डै दुई सय विद्यार्थीको सहभागीता रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव छवि श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *