
ललितपुर महानगरपालिका नख्खुमा पार्किङ गरी राखेको स्थानबाट बा. ९१. प. ८५५८ नं. को FZ मोटरसाईकल हराएको भनि पिडितले महानगर ट्राफिक प्रहरी वृत्त जाउलाखेलमा निवेदन दिएका थिए ।
प्रहरीले खोजतलासको क्रममा महानगरीय प्रहरी प्रभाग सानेपाबाट प्रहरी निरीक्षक कृष्ण खड्काकाे कमान्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास पश्चात् ललितपुरको भनिमण्डलबाट फेला पारी उक्त हराएको मोटरसाईकल मिति २०७८ जेष्ठ २७ गते सम्बन्धित सवारी धनि अनिल लामालाई बुझाईएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरिक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।