पारिवारीक असमझदारी ‘संकोच’
काठमाडौं
एऊटा सुन्दर गाउँ जहाँ सबै जना पनि मिलनसार हुन्छन् । त्यो गाउँमा शिवकाकाको परिवार पनि हुन्छ । शिवकाका गाउँका जेठाबाठा भलादमी व्यक्ति हुन्छन् । जो अरुलाई राम्रा अर्ति उपदेश दिने गर्छन् । शिबलाई एउटैकुराको ठुलो खड्को हुन्छ । घरमा छोरी नभएको । शिवको घरमा बुहारी खराब चरित्रकि हुन्छे । जो शिव र उनी श्रीमति गौरीलाई मान्छे गन्दिन् । यो घर भित्र भित्र भित्र भुसको आगो सल्किन थाल्छ ।

यो कुनै सत्य घटना नभई टेलिचलचित्रको कथा हो । नेपालमा बृद्धबृद्धा माथी छोरा बुहारीले गर्ने व्यवहार तथा द्धोन्दलाई टेलिचलचित्र मार्फत देखाएको छ । हाल वैदेशिक रोजगारीको शिलशिलामा होस् वा परिर्वतित् सामाजिक संस्कारको कारण जेष्ठनागरिकले भोग्नु परेको छ । सोहि घटनालाई समेटेर टेलिचलचित्र संकोच निमार्ण गरेको कुरा यसका निर्माता तथा लेखक मुकुन्द किशोर भट्टराई बताए ।कन्सेप्ट क्रियशन इन्टरटेन्टन्मेट प्रा.लिको प्रस्तुतिमा निर्मित यस टेलिचलचित्रलाई निर्देशन संजिब पौडेलले गरेका हुन् । मुकुन्द किशोर भट्टराई, बिध्या कार्की, पवन खतिवडा, रोशनी के.सी, राजेश तिमल्सीना शुरेन्द्र थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसमा टेलिचलचित्रको शिर्ष गीतलाई मुकुन्द किशोर भट्टरायले गाएका छन् भने महेश देउरालीले संगीत भरेका छन् । टेलिचलचित्र संकोचलाई संजिब पौडेल स्वंयमले छायांकन तथा सम्पादन गरेका हुन् ।लामो समय देखि चलचित्रमा अभिनय, लेखन तथा गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल मुकुन्द किशोर भट्टरायले आफुलाई यसको बिषयबस्तु मन परेको कारण स्वंयम आफु निर्माताको रुपमा प्रस्तुत भएको जानकारी दिए । “सबैलाई सहज होस् भन्ने हेतुले हामीले युटुब मार्फत यसलाई सार्बजनिक गर्दछौ । दर्शकको सुझव तथा प्रतिकृया अनुसार यसलाई पस्किदै जानेछौ । ” भट्टराई भने ।युटुबमा सम्पूर्ण नामक च्यानलबाट सार्बजनिक भएको टेलिचलचित्र ‘संकोच’ मा दर्शकहरुको उत्साजन उस्थितिले गर्दा निर्माता पक्ष खुशि देएको छ ।