बनेपा/
काभ्रेपलाञ्चाेक जिल्लामा आज थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । पाँचखाल नगरपालिकाका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । विदेशबाट फर्केर क्वारेन्टाइनमा बसेका उनीहरुको पिसिआर चेक गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
असार २ गते नयाँ दिल्लीबाट स्वेदेश फर्कि पाँचखाल क्वारेन्टाइनमा बसेका पाँचखाल नगरपालिका वडा नं ९का ३७ वर्षीय पुरुष र साउदीबाट असार ७ गते पाँचखाल क्वारेन्टाइनमा आइपुगेका वडा नम्बर ६ का ३३ वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो ।
नगरको क्वारेन्टाइनमा रहेका २४ जनाको पिसिआर परिक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण देखिएको पाँचखाल नगरपालिकाले जनाएको छ । नगरका अनुसार पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।
योसँगै काभ्रे जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितमध्ये ६ जनाको उपचारपछि घर फर्किएका छन्।असार १४ गते कोरोना संक्रमण देखिएका बेथान्चोक गाउँपालिकाका युवा कोरोना जितेर हिजाे अर्थात असार१७ गते घर फर्किएका छन्।याेे समाचार तयार पार्दा नेपालमा कुल १४०४६ काेराेेेना संंक्रमित ,४६५६ निकाे भई घर फर्केेका छन भने ३०जनाकाे मृत्यु भएकाे छ।