

आसन्न दाेस्राे स्थानिय निर्वाचन नजिकिँदै गर्दा देशभर राजनिती दलका उम्मेदवार ,स्वतन्त्र उम्मेदवारहरू घरदैलो कार्यक्रममा जुटिरहेका छन । केन्द्रीय निर्देशन अनुसार काभ्रेका स्थानीय निकायमा पनि सत्ता गठबन्धन भागभण्डा गरेकाे देखिन्छ ।सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित सबै दलका उम्मेदवार लागि परेकाे देखिन्छ ।

पहिलाे स्थानिय निकायकाे निर्वाचनमा काभ्रेपलान्चोक जिल्लाकाे बेथानचाेक गाउपालिकामा बतिस सिट मध्य एकतिस सिट नेपाली काग्रेसले ल्याएकाे थियाे भने एक सदस्य सिटमा माओवादि रहेकाे देखिन्थ्यो ।अहिले हुन गईरहेकाे निर्वाचनमा सत्तारूढदल गठबन्धन भए संगै काग्रेंसकाे तर्फबाट पालिका प्रमुखमा भगवान अधिकारी र उपप्रमुखमा माओेबादी केन्द्रबाट तारा राना तिमल्सिनालाई अघि सारिएकाे छ ।
त्यस्तै नेकपा एमालेबाट बेथानचाेक गाउपालिका एमाले कमिटि ईन्चार्ज समेत रहेका कमल तिमल्सिना प्रमुखमा र उपप्रमुखमा सरला लामिछाने केसि लाई अघि बढाएकाे छ ।
याे पालिकाे निर्वाचनले पाच वर्ष पालिका हाक्ने पाईलट कुन पाटिकाे प्रतिनिधिलाई दिने छ भन्ने हेर्ने बाकि नै छ । वैशाख ३० गते हुने निर्वाचनमा हाम्रालाइ हैन राम्रालाई ,विकासप्रेमी जनप्रतिनिधिलाई मतदान गर्नुहाेस ,कसैकाे दबाव,लाेभलालच र प्रलोभनमा नपरि निश्पक्ष ,धाधलीरहित ढंगबाट मतपत्र बदर नहुने गरि मतदान गर्नुहुन समेत सम्पुर्ण मतदातालाई आग्रह गर्दछाै ।